बारामा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एक जनाको मृत्यु
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरीले जनाएको छ ।
यसअघि पनि बारा जिल्लामा बाघको आक्रमणले जनधनको क्षति पुर्याउँदै आएको छ । केही समय अघि मात्रै बारा अम्लेखगञ्जमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको थियो । यसरी निरन्तर बाघ आक्रमणका घटना बढ्दै गएपछि स्थानीयवासी आतंकित बनेका छन ।
उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन विभिन्न निकाय सक्रिय भएका छन । पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका प्राविधिक टोलीसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
बाघलाई नियन्त्रणमा लिन हात्तीको प्रयोगसहित डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।
स्थानियवासीले पटक–पटक निकुञ्ज र सम्बन्धित निकायसँग मानव बस्ती नजिक बाघको गतिविधि बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

