नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा
जानकारी केन्द्र
२०८२, आश्विन, ५
काठमाडौं । नेपाली क्रिकेट टोलीले युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारबाट भिसा प्राप्त गरेपछि वेस्ट इन्डिजविरुद्धको बहुप्रतीक्षित टि–२० शृंखलामा सहभागी हुने बाटो खुलेको छ। यसअघि भिसा अस्वीकार भएको खबरले क्रिकेटप्रेमीहरूमा चिन्ता थपेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यूएई सरकारले नेपाली टोलीको भिसा आज (आइतबार) जारी गरेको हो। नेपाल क्रिकेट संघको आयोजनामा सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा सञ्चालन हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टि–२० अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय टोलीको भिसा प्राप्त भइसकेको जनाएको छ ।
पूर्वनिर्धारित तालिकाअनुसार नेपाली टोली असोज ३ गते नै यूएई उड्ने कार्यक्रम थियो। क्यानले बिहीबारै टिमको बिदाइसमेत गरिसकेको थियो। तर, खेलाडीहरूले समयमै भिसा नपाउँदा भ्रमण अन्योलमा परेको थियो।

सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

