२०८२ असोज १६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ दिने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले अपेक्षाभन्दा बढी फाइदा दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज सोचेका काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । अन्न लाभ पनि हुनेछ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भएपनि आफ्ना लागि परिस्थिति प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइने सम्भावना छ । आफन्तबाट पनि टाढिनुपर्ने अवस्था आउन सक्छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नसोचेको ठाउँबाट धन लाभ हुनेछ । तर, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धन लाभको सम्भावना छ । टाढाको यात्राको योग पनि छ । दिन रमाइलो तरिकाले बित्नेछ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट पारिवारिक काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मसलाजन्य खानामा अत्यन्त सावधान रहनुहोस्, रोग निम्तिन सक्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने अवसर आउन सक्छ । ठूलो फाइदाको आश्वासन पाइनेछ । नयाँ विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिँदा हर्ष बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राम्रो कर्मफल प्राप्त हुने भएकाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्वको अवसर हात लाग्नेछ । तर, असंयमित व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सावधान रहनुहोस् । बलभन्दा बुद्धिको उपयोग गर्दा फाइदा हुनेछ । अनायसै धन खर्चनुपर्ने स्थिति आउन सक्छ । आम्दानीमा अवरोध पुर्याउनेहरू सक्रिय हुन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सफलता मिल्नेछ । अवसर आउँदा पनि त्यसलाई उपयोग गर्न ढिलाइ हुन सक्छ । ठूलो प्रयत्न गर्दा सामान्य फाइदा मात्र हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय हो । प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर पाइनेछ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतले प्रशस्त लाभ लिन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुन सक्छ । तर, सहयोगीहरूबाट अलिकति धोका पाइने सम्भावना छ, सचेत रहनुहोस् । काममा आलस्य बढ्न सक्छ र खर्चको मात्रा पनि बढ्नेछ । बन्ने लागेको काम अचानक बिग्रन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभदायक काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाममा बिग्रेको वस्तु हात लाग्न सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ । न्यून उपलब्धिले मन बुझाउन नसक्ने सम्भावना छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम क्रमशः बन्नेछन् । नयाँ अवसर प्राप्त हुनेछन् । बोलीको प्रभाव र कार्य क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा पर्न सक्ने समय छ । आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
होसियारी पूर्वक काम गर्नुपर्ने समय छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो लाभ उठाउन सकिनेछ । कृषि कर्म र व्यवसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ हुने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

