Jankari Kendra
१८ श्रावण २०८३, सोमबार
Worldlink

एक रनले यूएईलाई पराजित गर्दै नेपाल सुपर सिक्समा रोमाञ्चक जित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, आश्विन, २६
एक रनले यूएईलाई पराजित गर्दै नेपाल सुपर सिक्समा रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो। यूएईका लागि अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन असफल रहे। ध्रुव पराशरले ३८ रन बनाए।

यसअघि, नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो। ओपनर आसिफ शेखको अर्धशतकको मद्दतले नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। आसिफले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए। कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २० तथा गुल्शन झाले अन्त्यतिर ५ बलमा १४ रन बनाए।

नेपालले सुरुवाती १० ओभरमा १ विकेट गुमाएर ७३ रन बनाएको भए पनि त्यसपछि रनगति सुस्त हुँदा स्कोर अपेक्षाअनुसार अगाडि बढ्न सकेन। यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्स चरणमा महत्त्वपूर्ण दुई अंक जोडेको छ र विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ।

Top Changing Nepal

युट्युब सट्स