काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई आधार मानेर यो साइत निर्धारण गरिएको हो।
यमपञ्चक कात्तिक १ गते शनिबारबाट सुरु हुने तिहार पर्व कात्तिक २ काग तिहार, कात्तिक ३ कुकुर तिहार, लक्ष्मीपूजा कात्तिक ४,औँशी तिथिमा स्नान–दान, कात्तिक ५ गाई, गोरु र आत्म (म्ह) पूजा, नेपाल संवत् ११४६ को शुभारम्भ, कात्तिक ६ भाइटीका र किजा पूजा मनाइनेछ।
समितिका अनुसार भ्रातृपूजा शब्दले दाजु–भाइ दुवैलाई जनाउने भएकाले ज्येष्ठता अनुसार टीका लगाउन शास्त्रीय मान्यता छ।