कास्की । पोखरा महानगरपालिका-१७ स्थित फुस्रेखोलामा डुबेर ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने कालिकोट घर भएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।





