बाँके । खजुरा गाउँपालिका-७ चाईना भट्टा बस्ने २४ वर्षीय रोहित बढैको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार, नेपालगंज उपमहानगरपालिका-१९ सुर्जेगाउँस्थित घरमा जडान गरिएको ईन्भटरको तार छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





