• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, मङि्सर ०३, २०८२
मङ्गलबार, मङि्सर ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

सुनको मूल्य तोलामा तीन हजार आठ रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

सेवा हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

आज एनपीएलमा दुई खेल हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ८. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • १०. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौँ । बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टू प्ले प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शिर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ। सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै चार खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो। त्यस्तै झापा, सुनसरी र ईलामले क्रमश: ६, ४ र २ दुई अंक बटुलेका थिए भने आफ्ना सबै खेलमा हार बेहोरेको उदयपुर भने अंक तालिकाको पुछारमा रह्यो।

प्रतियोगितामा कुल ११ विकेट लिएका मोरङका प्रेम कुमार कामत बेस्ट बलर घोषित भए। प्रतियोगिताभर १६ ओभर बलिंग गरेका कामतले २.५० को इकोनोमीमा २ मेडन सहित जम्मा ४० रन खर्चिएका थिए। त्यस्तै, १२१.५ को स्ट्राइक रेटमा ४ छक्का र १३ चौका सहित कुल १३० रन बनाएका सुनसरीका आकाश सर्राफ प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए। प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने इलामका लव कामतले पाए। उनले कुल १६ ओभरको बलिंग स्पेलमा ४० रन खर्चिंदै ७ विकेट लिएका थिए जसमा ६५.४ को स्ट्राइक रेट र २.५० को इकोनोमी रहेको थियो।

कुल १० खेल भएको प्रतियोगितामा ७२ जना खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगितामा कुल १३९५ रन बनेका थिए भने जम्मा १६० विकेट खसेका थिए। २२ ओभर मेडन जाँदा ४६ छक्का र ९९ चौका बर्सिएका थिए भने दुईवटा अर्धशतक बनेका थिए।

असोज २४ गतेबाट सुरु भएको प्रतियोगिताको बिहिबार सम्पन्न अन्तिम दिनको पहिलो खेलमा मोरङले ईलामलाई एक विकेटले पराजित गरेको थियो। सुरुमा ब्याटिंग गर्न उत्रिएको ईलामले सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो। मोरङले ८७ रनको लक्ष्य एक विकेट बाँकी रहँदै पछ्याउन सफल भयो। ४ ओभरको स्पेलमा १४ रन खर्चिएर ५ विकेट लिएका प्रेम कुमार तामाङ प्लेयर अफ द म्याच चुनिएका थिए।

त्यस्तै, दिनको दोस्रो खेलमा झापाले सुनसरीलाई तीन विकेटले पराजित गर्यो। सुरूमा ब्याटिङ गर्न उत्रिएको सुनसरीले ९ विकेट गुमाएर केवल १२४ रन बनाएको थियो। प्लेयर अफ द म्याच चुनिएका दीपु भुषालले तीन चौकाको मद्दतले ४६ बलमा ४२ रन बनाएका थिए।

यस क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गरेका थिए। प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजकले यस मार्फत् उदयीमान खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिलेको बताए। प्रतियोगितामा उच्च प्रदर्शन गरेका युवा खेलाडीहरू अब बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा बसेर टिमसँगै अभ्यासमा सहभागी हुनेछन्।

यसका साथै उनीहरूले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीहरूसँग अभ्यास गर्दै आफ्नो खेल कौशल विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन्। डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए
    प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
    नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

    प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

    दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए
    • प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
    • नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा
    • दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक
    • ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.