• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

जानकारी केन्द्र २०८२, कार्तिक, १

काठमाडौँ । बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टू प्ले प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शिर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ। सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै चार खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो। त्यस्तै झापा, सुनसरी र ईलामले क्रमश: ६, ४ र २ दुई अंक बटुलेका थिए भने आफ्ना सबै खेलमा हार बेहोरेको उदयपुर भने अंक तालिकाको पुछारमा रह्यो।

प्रतियोगितामा कुल ११ विकेट लिएका मोरङका प्रेम कुमार कामत बेस्ट बलर घोषित भए। प्रतियोगिताभर १६ ओभर बलिंग गरेका कामतले २.५० को इकोनोमीमा २ मेडन सहित जम्मा ४० रन खर्चिएका थिए। त्यस्तै, १२१.५ को स्ट्राइक रेटमा ४ छक्का र १३ चौका सहित कुल १३० रन बनाएका सुनसरीका आकाश सर्राफ प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए। प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने इलामका लव कामतले पाए। उनले कुल १६ ओभरको बलिंग स्पेलमा ४० रन खर्चिंदै ७ विकेट लिएका थिए जसमा ६५.४ को स्ट्राइक रेट र २.५० को इकोनोमी रहेको थियो।

कुल १० खेल भएको प्रतियोगितामा ७२ जना खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगितामा कुल १३९५ रन बनेका थिए भने जम्मा १६० विकेट खसेका थिए। २२ ओभर मेडन जाँदा ४६ छक्का र ९९ चौका बर्सिएका थिए भने दुईवटा अर्धशतक बनेका थिए।

असोज २४ गतेबाट सुरु भएको प्रतियोगिताको बिहिबार सम्पन्न अन्तिम दिनको पहिलो खेलमा मोरङले ईलामलाई एक विकेटले पराजित गरेको थियो। सुरुमा ब्याटिंग गर्न उत्रिएको ईलामले सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो। मोरङले ८७ रनको लक्ष्य एक विकेट बाँकी रहँदै पछ्याउन सफल भयो। ४ ओभरको स्पेलमा १४ रन खर्चिएर ५ विकेट लिएका प्रेम कुमार तामाङ प्लेयर अफ द म्याच चुनिएका थिए।

त्यस्तै, दिनको दोस्रो खेलमा झापाले सुनसरीलाई तीन विकेटले पराजित गर्यो। सुरूमा ब्याटिङ गर्न उत्रिएको सुनसरीले ९ विकेट गुमाएर केवल १२४ रन बनाएको थियो। प्लेयर अफ द म्याच चुनिएका दीपु भुषालले तीन चौकाको मद्दतले ४६ बलमा ४२ रन बनाएका थिए।

यस क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गरेका थिए। प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजकले यस मार्फत् उदयीमान खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिलेको बताए। प्रतियोगितामा उच्च प्रदर्शन गरेका युवा खेलाडीहरू अब बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा बसेर टिमसँगै अभ्यासमा सहभागी हुनेछन्।

यसका साथै उनीहरूले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीहरूसँग अभ्यास गर्दै आफ्नो खेल कौशल विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन्। डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.