• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १३ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १३ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १५ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १६ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १७ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १९ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १९ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

admin २०७३, श्रावण, १६

काठमाडौं १६ साउन ।
बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन ।

मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबाहिरका हुन् । उनीहरूले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर फर्कने क्रममा मापसे गरेको खुलेको छ ।

एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रूपमा परिभाषित गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष १० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ ।

गत असार २८ गते मात्रै नागढुंगानजिकै बा १३ च ८९२७ नम्बरको एम्बुलेन्स मापसे चेकिङमा पर्‌यो । सामान्यतः ट्राफिक प्रहरीले एम्बुलेन्स चालकलाई मापसे चेकिङ गर्दैन ।

त्यसैको फाइदा उठाउँदै चालक आशीष टन्डन (नाम परिवर्तन) विमल विशाल थपलिया प्रतिष्ठान धादिङका नाममा रहेको एम्बुलेन्स मापसे गरी हाँक्दै थिए । एम्बुलेन्स अस्वाभाविक तवरले गुडेपछि ट्राफिकले शंका लागेर मापसे चेकिङ गर्दा उनी कारबाहीमा परे ।

महानगरीय प्रहरी वृत्त थानकोटले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दायर गर्‌यो । आठ दिन हिरासतमा बसी १२ हजार धरौटी तिरेर टन्डन छुटे । टन्डनले भने आफूले रेड बुल खाएको तर ट्राफिकले मापसे गर्‌यो भनेर कारबाही गरेको आरोप लगाएका छन् ।

गत चैत ५ गते दरबारमार्गमा बा ५ च ५२५ नम्बरको एम्बुलेन्सका चालक रमेश कार्की (नाम परिवर्तन) समातिएका थिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बिरामी छाडेर फर्कने क्रममा उनी महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको चेकिङमा परेका थिए । मापसे गरेर सवारी हाँकेको पाइएपछि उनलाई पनि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाएर छाडिएको थियो ।

चैत १ गते महाराजगन्जमा बा २ च ९१३३ नम्बरको एम्बुलेन्स चालक विनोद यादव (नाम परिवर्तन) मापसे चेकिङमा परे । सत्य समाज विकास अभियान चपुर रौतहटका नाममा रहेको उक्त एम्बुलेन्स हाँकेका यादवले ट्राफिक प्रहरीलाई मापसे नगरेको बताए ।

ट्राफिकले ब्रेथलाइजर मुखमा लगाएर जाँच्दा उनले मापसे गरेको देखाएपछि उनलाई पनि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दायर गरियो ।

टन्डन, कार्की र यादवजस्तै अन्य सातजना एम्बुलेन्स चालक राजधानीका विभिन्न स्थानबाट मापसे कारबाहीमा परेका छन् । अघिल्लो वर्षको साउन २८ मा कलंकीमा बा ३ च ८७९७, भदौ २६ मा बौद्धबाट बा १२ च ८१५८, असोज ३ मा पुतलीसडकबाट बा ८ च ५६६२ र पुस १८ मा भक्तपुरबाट बा ५ च ६००९ नम्बरको एम्बुलेन्स चालक मापसे कारबाहीमा परेका छन् ।

‘एम्बुलेन्सजस्तो संवेदनशील सवारीका चालकले समेत मापसे गरी गाडी हाँक्न मिल्छ रु बिरामी बचाउन हिँडेको व्यक्ति आफैं मापसे कारबाहीमा परेपछि हामीले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न छाडेका छैनौुं, महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने । अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.