• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १० घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १० घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १२ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १३ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १६ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १७ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख

admin २०७३, श्रावण, १६

सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ । तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

सहायता पाउने अधिकांश दलका कार्यकर्ता

आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन् । संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन् । निर्वाचन आयुक्त इला शर्मालाई तीन लाख दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमाले नेता सोमनाथ अधिकारी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई पाँच–पाँच लाख रुपैयाँ दिइएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवनकुमार गौतमलाई एक लाख रुपैयाँ दिइएको छ ।

कार्यविधिमा के छ ?

नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ०६६ मा अशक्त, गरिब र विपन्न नागरिकलाई सरकारले आर्थिक सहायता दिन सक्ने व्यवस्था गरिएको छ । त्यसरी आर्थिक सहायता दिँदा गम्भीर बिरामी परेका र उपचार गर्न सक्ने हैसियत नभएकालाई मात्रै आर्थिक सहायता दिनुपर्ने कार्यविधिमा उल्लेख छ । आर्थिक सहायता दिनुपूर्व आर्थिक सहायता दिनुको औचित्यसमेत पुस्ट्याइँ हुनुपर्छ ।

कार्यविधिको खिल्ली उडाउँदै मनपरी रकम वितरण

प्रमुख सत्तासीन तथा विपक्षी दलका नेताको तोकादेशमा आर्थिक सहायता वितरणको प्रस्ताव तयार पारिने गृह मन्त्रालयका एक कर्मचारीले बताए । ‘पहिले–पहिले दसैँका वेला मात्रै आर्थिह सहायता बाँडिन्थ्यो, तर अहिले जुनसुकै समयमा राज्यकोषबाट रकम बाँड्ने गरिएको छ,’ गृह मन्त्रालयका एक अधिकृतले भने ।

स्रोतका अनुसार मन्त्री तथा दलका उच्च नेताहरूले आफूनिकटका कार्यकर्ता तथा आफन्तलाई गम्भीर बिरामी भएको बहाना बनाउँदै गृह मन्त्रालयमा निवेदन दिन लगाउने गरेका छन् । सोही निवेदनलाई आधार मान्दै गृहमन्त्रीले सचिवलाई आर्थिक सहायताको प्रस्ताव तयार गर्न लगाउने गरेको मन्त्रालय स्रोतले बतायो ।

गरिब तथा विपन्न वर्गले पाउँदैनन् आर्थिक सहायता

राजनीतिक पहुँच भएकाले मात्र सरकारबाट आर्थिक सहायता पाउने गरेका छन् । गरिब, विपन्न, अशक्त र पहुँच नभएका केही अधिकांश नागरिकले भने उपचार खर्चसमेत पाउँदैनन् । नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिविपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहुँच हुनेलाई लाखौँ रकम बाँड्दै आएको छ । तर, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले कार्यविधि अनुुसार नै सहायता वितरण भएको दाबी गरे ।

एक वर्षमा बाँडियो २७२ जनालाई १५ करोड

गृह मन्त्रालयले आर्थिक वर्ष ०७२(७३ मा मात्रै आर्थिक सहायतास्वरुप दुई सय ७२ जनालाई १५ करोड ५४ लाख ३२ हजार रुपैयाँ वितरण गरेको थियो । यस्तो सहायता लिनेमा बढी दलका नेता तथा कार्यकर्ता नै छन् ।

गृह प्रवक्ता यादवप्रसाद कोइरालाले के–कस्ताले आर्थिक सहायता पाए भन्नेबारे आफूले अध्ययन नगरेको बताए । एक महिनाअघि ८५ लाख बाँडिएको थियो मन्त्रिपरिषद्को १३ जेठमा बसेको बैठकले पनि ३१ जनालाई ८५ लाख रुपैयाँ बाँडेको थियो । डेढ महिनामै मन्त्रिपरिषद्ले फेरि ७८ जनालाई एक करोड ३२ लाख वितरण गरेको छ । किन रकम दिइएको हो भन्नेबारे केही खुलाइएको छैन । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.