लोकमानलाई महाअभियोग लगाउनुपर्ने मागबारे संसदमा छलफल हुने
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेे मागबारे व्यवस्थापिका संसदमा छलफल हुने भएको छ ।
डा. केसी अनसनरत रहेको समयमा उनका मागबारे संसदमा छलफल गर्नु पर्ने भन्दै सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।
सभामुख ओनसरी घर्ती मगरले प्रस्तावक सांसदहरुसहित प्रमुख दलका प्रमुख सचेतकहरुसँग आइतवार गरेको छलफलमा प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ