Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

क्यानडाको पिआर समेत उपलव्ध गराइदिने भन्दै ६५ लाख ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १९
क्यानडाको पिआर समेत उपलव्ध गराइदिने भन्दै  ६५ लाख ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार  क्यानडाको पिआरसमेत उपलव्ध गराइदिने भनि ठगी गर्ने व्राइट फ्यूचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका संचालक काठमाडौं वुढानिलकण्ठ बस्ने अर्घाखाँची खनदह–९ का ३६ वर्षीय रामप्रसाद खनाललाई काठमाडौं महाराजगञ्जमा लुकिछिपी बसिरहेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रविनकुमार रौनीयार, कृष्ण पाण्डे, देवराज राई, नविनकुमार झा, उमेश खड्का, रेखा कडेरीया, कल्पना कडेरीया, निशा बराल, रिमा क्षेत्री, बिक्रान्त के.सी., राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे, बबिता गुरुङसमेत १८ जनालाई जब अफरसमेत कन्सलटेन्सीबाट आफुहरुले नै मगाई क्यानडा पठाइ पिआरसमेत उपलब्ध गराइदिने ग्यारेन्टी भन्दै प्रतिव्यक्ति १२ देखि १८ लाख रुपैयाँ लाग्छ भनि आस्वस्त तुल्याएपछि पीडितहरुले माग गरेको कागजात तथा प्रकृयाको लागि १८ जनाबाट ६५ लाख १४ हजार ५ सय रुपैयाँ कन्सल्टेन्सी संचालकलाई उपलब्ध गराए पश्चात संचालकहरु सम्पर्क विहिन भएकोले पीडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि ठगी कार्यमा संलग्न खनाललाई महाशाखाले पक्राउ गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स