पाँच हजार लिएर १२ वर्षीया छोरीको बिहे!
इटहरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन्।
सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण अाफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए।
उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए। १२ वर्षमा विवाह गरेकी खलखल मरिककी छोरी प्रमिला अहिले १७ वर्ष पुगेकी छिन्। १२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेककी छन्।
उमेर नपुगी गर्भ बसेपछि प्रमिलाको पहिलो सन्तानको निधन भयो। उनले वर्ष दिनपछि अर्को सन्तान छोरा जन्माएकी थिइन। पहिलो सन्तान खेर गएको एक वर्ष नपुग्दै जन्मिएको प्रमिलाको दोस्रो सन्तानको पनि स्वास्ठ्य अवस्था राम्रो छैन्। छोरो जन्माएपछि उनको घरपरिवारमा खुसीयाली छाएपनि प्रमिलाको जीवन भने कहाली लाग्दो छ।
अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

