नेविसंघको बन्दसत्र बुधवारसम्मका लागि स्थगित
नेविसंघको महाधिवेशन पटक पटक सूचना टासेर स्थगित हुने संसदको वैठक जस्तो हुँदै गएको छ। संसदमा सहमति नहुँदा सूचना टासेर संसद सचिवालयले वैठक स्थगित गरेको जानकारी गराएझै नेविसंघको केन्द्रीय महाधिवेशन प्रचार समितिले पनि सूचना निकालेरै महाधिवेशनको वन्द सत्र स्थगित गरेको जानकारी गराएको हो। मंगलवार दोस्रो सूचना निकालेर नेविसंघले बुधवारसम्मका लागि वन्दसत्रका कार्यक्रम स्थगित गरेको जनाएको हो।
प्रतिनिधि छनोटको विषयमा कुरा नमिल्दा मंगलबार सुरू हुने भनिएको नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्र तोकिएको समयमा सुरू हुन सकेन। मंगलबार दुई बजेसम्मको लागि सोमबार नै स्थगित गरिएको बन्दसत्र विवाद नमिलेकै कारण फेरि स्थगित हुन पुगेको छ।
नेपाल विद्यार्थी संघको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोती भण्डारीले मंगलबार सुरूहुने भनिएको बन्दसत्र बुधबारसम्मको लागि स्थगित भएको जानकारी दिए। ‘बुधबार सवा १२ बजेसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको छ।’ उनले भने ‘विवाद मिलाउने विषयमा निर्देशन समिति अझै गम्भीर रहेकोले भोलिसम्म सहमति हुनेमा हामी विश्वस्त छौं ।’
सोमबारबाट सुरू हुने भनिएको बन्दसत्र पटकपटक स्थगित हुँदै अहिलेसम्म आईपुगेको हो। यो पटक समेत हिसाव गर्दा बन्दसत्रको तालिका तीन पटक स्थगित भईसकेको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

