• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ जेठ २०८३, आइतबार
३१ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • ८ घण्टा 

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
  • ८ घण्टा 

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने
  • ९ घण्टा 

२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • १ दिन 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • १ दिन 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १ दिन 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १ दिन 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • २. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ३. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ४. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ७. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ८. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ९. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • १०. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

जानकारी केन्द्र २०८२, मंसिर, २

काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको बताइएको छ।

यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ। यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीहरूको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको जनाइएको छ।

यो साझेदारी केवल स्पोन्सरशिप होइन। जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीहरूले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ।

३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ। नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको बताइएको छ।

जस्मिन पेन्ट्सको बारेमा:
नेपाललाई पेन्ट तथा कलर उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित सन् १९९४ (बि.सं. २०५१) मा स्थापना भएको जस्मिन पेन्ट्स लिमिटेड पूर्णतया स्वदेशी नेपाली ब्रान्ड हो। हालै, स्थापनाको ३० वर्ष पार गरेको यस नम्बर १ नेपाली पेन्ट्स ब्रान्डले NS प्रमाणपत्र, ISO 9001:2008 र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्दै नेपाली पेन्ट उद्योगमा आफ्नै मजबुत स्थान बनाएको जनाइएको छ।

गुणस्तरका लागि प्रतिबद्ध जस्मिन पेन्ट्सले प्रत्येक उत्पादनलाई कडा प्रयोगशाला परीक्षणपछि मात्र बजारमा ल्याउने गर्छ, र कलर–च्वाइस सफ्टवेयर जस्ता अत्याधुनिक प्रविधि तथा ग्राहकमैत्री इनोभेसनहरूका कारण यो कम्पनी नेपालको पेन्ट्स उद्योगको एक विश्वसनीय र अग्रणी ब्राण्डका रूपमा स्थापित रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

ताजा

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.