कवयित्री गीता भेटवाल (गौतम) द्वरा लिखित ‘मुनाका बेदनाहरू’ विमोचित
शनिबार कवयित्री गीता भेटवाल (गौतम) द्वरा लिखित ‘मुनाका बेदनाहरू’ नामक गीति कविताको राष्ट्रकवि माधव प्रसाद घिमिरले रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम बिच बिमोचन गर्नु भएको छ ।
४८ पृष्ठ लामो उक्त पुस्तकको प्रकाशकमा बुबा आमा काशीनाथ भेटवाल र ईश्वरा देवी भेट्वाल रहेका छन् भने यसको मुद्रण यज्ञ अफसेट प्रेस, बिर्तामोड, झापाले गरेको हो । कवयित्री गौतमको जन्म विंसं. २०२४ चैत्र ०६ गते इसिबु–०७ भेटवाल गाउँ तेह्थुम भएको हो । स्नातकसम्मको अध्ययप पूरा गरेकी उनी हाल क्यानडाको टोरोन्टोमा बस्छिन् ।
राष्ट्रकवि घिमिरले विमोचन गर्ने क्रममा भने,‘विदेशमा बस्ने नेपालीहरुले पनि नेपालको साहित्यिक सिर्जनामा ठूलो योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन, कवयित्री भेटवाललाई सम्झिँदा पुग्छ, उहाँले क्यानडामा बस्दा समेत साहित्य सिर्जना गर्न छोड्नुभएन्, मलाई यो देख्दा निकै गर्व लागेको छ ।’
विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे,नारी साहित्य समाजकी अध्यक्ष गीता कार्की, साहित्यकार डा. नवराज लम्साल, समाजसेवी डा. मालिका प्रसाई, प्राध्यापक अम्बिका लुईटेल, प्राध्यापक खेम कडरिया लगायतले उक्त कृतिमाथि प्रकाश पारेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

