Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

धनकुटामा हाइस माइक्रोबस पल्टिँदा १ जनाको निधन, १४ घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, ६
धनकुटामा हाइस माइक्रोबस पल्टिँदा १ जनाको निधन, १४ घाइते

काठमाडौं । धनकुटाको पाख्रिवास क्षेत्रमा काठमाडौंबाट खाँदबारी जाँदै गरेको सप्तकोशी कम्पनीको बा ४ ख ५५०२ नम्बरको हाइस माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेको छ।

दुर्घटनामा संखुवासभाकी ८२ वर्षीय सावित्रा कालाखेती गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएकी छन्। यस घटनामा १४ जना घाइते भएका छन्। घाइतेमध्ये धनकुटाकी सुजता गिरी, संखुवासभाकी संगीता राई, नरेन्द्र राई र लमू शेर्पा, उदयपुरकी निर्जला राई, बिनिता राई र जेसन राई, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुरका पासाङ शेर्पा, रत्नबहादुर विक र सवारी चालक दिपेन्द्र बुढाथोकी रहेका छन्।

गम्भीर घाइते चालक र रत्नबहादुर विकलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण र घाइतेबारे थप अनुसन्धान भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स