Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

काभ्रे बस दुर्घटनामा ३३ जनाको मृत्यु घाइतेलाई काठमाडौं ल्याइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, ३१
काभ्रे बस दुर्घटनामा ३३ जनाको मृत्यु घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस काभ्रेको बिर्ता देउरालीस्थित खहरेखोलामा सोमबार दिउँसो दुर्घटना हुँदा ३३ जनाको निधन भएको छ ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ । २८ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । तीमध्ये १५ जनाको विर अस्पतालस्थित् ट्रमा सेन्टर र १३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो ।  बसमा ८० जना जति थिए ।

Top Changing Nepal

युट्युब सट्स