• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

नेइमारको दुई गोलले ब्राजिललाई ऐतिहासिक स्वर्ण

कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका छन्। ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै पखाले।
नेइमारको प्रेरणामा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो। दुई वर्षअघि यही मैदानमा जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई लज्जास्पद रूपमा पराजित गरेको थियो।
५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जितेको थिएन्। आइतबार बिहान नेपाली समयअनुसार ५ बजे नेइमारले अन्तिम पेनाल्टीबाट गोल गर्दै ब्राजिली समर्थकलाई ओलम्पिकको मिठो उपहार दिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ लागेको थियो।
जसमा पहिलो ४ पेनाल्टीमा दुवै तर्फका खेलाडीले गोल गरेका थिए। तर, पाँचौ पेनाल्टी हान्न आएका जर्मनीका निल्स पिटर्सनको बल ब्राजिलका गोलरक्षक वेभर्टनले उत्कृष्ट बचाउ गरे। यसपछि निर्णायक अन्तिम पेनाल्टी प्रहार गर्न आएका नेइमारले गोल गर्दै ब्राजिललाई ऐतिहासिक विजय दिलाए।
ओलम्पिककै लागि भनेर नेइमारले दुई महिनाअघि अमेरिकामा भएको कोपा अमेरिका कप खेलेका थिएनन्। उनलाई बार्सिलोना क्लबले पनि छुट्टी दिएको थियो। ब्राजिलले नेइमारको प्रभावशाली खेलको कारण ओलम्पिकमा स्वर्ण जित्नु ५ घण्टाअघि बार्सिलोनाले पनि आफ्नो घरेलु क्याम्प नोउमा भएको ला लिगाको यस सिजनको पहिलो खेलमा रियल बेटिसलाई ६–२ गोलले पराजित गरेको थियो। त्यो खेलमा उनका सहपाठी लुइस सुआरेजले ह्याट्रिक तथा लिओनल मेसीले २ गोल गरेका थिए। ब्राजिललाई ओलम्पिक स्वर्ण दिलाउन नेइमारले पनि २ गोल गरे।
उनले खेल सुरू भएको २६ मिनेटमा २८ मिटर टाढाबाट पाएको फ्रिकिकमा ट्रेडमार्क गोल गरे। उनको फ्रिकिक रोक्न देवाल बनेर बसेका ४ जर्मन डिफेन्सलाई चकित पार्दै उनले पहिलो वारमै च्यापेर गोल गरेका थिए। उनको यही गोलको मद्धतले ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई ब्राजिलले दोस्रो हाफमा कायम राख्न सकेन।
दोस्रो हाफको खेल सुरु भएको १४ मिनेटमै जर्मनीका कप्तान म्याक्स मेयरले गोल गरे। टोल्यानको क्रसमा ब्राजिलको डिबक्समा अनमार्क रहेका म्याक्सले गोल गर्दै ब्राजिललाई स्तब्ध तुल्याएका थिए। यसपछि दुवै टोली गोल गर्नबाट चुकेका थिए। अतिरिक्त ३० मिनेटको समयमा ब्राजिलले खेललाई आफ्नो पक्षमा पारेपनि गोल गर्नबाट चुक्यो।
जर्मनीबाट माथेस जिन्टर, सर्गे जिनाब्रे, जुलियान ब्रान्डेट र निकलस सुइलेले गोल गरे। जर्मनीबाट सर्वाधिक ६ गोल गरेका पिटर्सनको गोल भने ब्राजिली गोलरक्षकले रोके। ब्राजिलबाट रेनाटो अगुइस्टा, मार्कुनोस, राफायल अल्कान्टारा, लुवान र नेइमारले गोल गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    नगरकोट रिसोर्टले आईपीओ ल्याउने

    एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा
    • नगरकोट रिसोर्टले आईपीओ ल्याउने
    • एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान
    • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.