सलमानले गरिसके विवाह !
झट्ट सुन्दा यो पत्याउनै सकिँदैन । किनकि, हामीले लामो समययता पढ्दै आएका छौँ– बलिउड अभिनेता सलमान खानले यो वर्षभित्र विवाह गर्ने तय गरेका छन् । केही समयअघि विभिन्न आरोपमा अदालतले सफाइ दिएपछि उनले विवाह गर्ने सम्भावना झन् बढेको रिपोर्ट आइरहेका थिए । तर, खासमा त उनले विवाह गरिसकेका छन् ।
कम्तीमा पनि रोमानियाका पत्रपत्रिकालाई पत्याउने हो भने यो कुरा विश्वास गर्न तयार हुनैपर्छ । रोमानियाका मिडियाका अनुसार सलमानले रोमानियन मोडल युलिया वन्तुरसँग विवाह गरेका हुन् । सलमान फिल्म ‘ट्युबलाइट’को सुटिङका लागि केही समयअघि लद्दाख पुगेका थिए । त्यही ठाउँमा सलमानले युलिया मात्र होइन, उनका बाबुआमालाई पनि भेटेका थिए ।
त्यो भेट विवाहका लागि भएको र सलमान र युलियाले विवाह गरिसकेको रोमानियाका मिडियाले दाबी गरेका छन् । यता, भारतीय मिडियाले भने यो दाबीमा आश्चर्य व्यक्त गरेका छन् ।
नयाँ पत्रिका बाट
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
