बेमौसमी वर्षाले कृषि–पशुपन्छी क्षेत्रमा ३ अर्ब ५४ करोडभन्दा बढी क्षति
काठमाडौं । यस वर्ष विभिन्न समयमा परेको बेमौसमी वर्षाले देशभरका कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको छ। यसको प्रत्यक्ष प्रभाव विशेषगरी धानसहितका मुख्य बाली र पशुपालन क्षेत्रमा परेको समितिको प्रतिवेदनले जनाएको छ। बेमौसमी वर्षाबाट प्रभावित क्षेत्रहरूको विवरण सङ्कलन तथा विश्लेषणका लागि गठन गरिएको समितिले हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनअनुसार पाँच प्रमुख प्रभावित प्रदेशका १५ हजार ४९९ हेक्टर क्षेत्रफलमा धान, उखु, तरकारी र फलफूलबालीमा क्षति पुगेको छ। यसले गर्दा १ लाख २७ हजार ३८३ मेट्रिक टन उत्पादन घट्ने अनुमान गरिएको छ।
समितिका अनुसार कृषि र पशुपन्छी क्षेत्रमा झन्डै ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको हानी भएको छ। मधेश प्रदेश सबैभन्दा बढी प्रभावित — करिब ३ अर्ब २२ करोड ४७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
धान, तरकारी, फलफूल, उखु र पशुधन सबै क्षेत्रमा असर परेको छ। कोशी प्रदेश ३६ करोड ८३ लाख ८९ हजार रुपैयाँ को क्षति भएको छ। बागमती प्रदेश २ करोड ४ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। गण्डकी प्रदेश १२ लाख ८० हजार रुपैयाँ को क्षतिपरेको छ। लुम्बिनी प्रदेश १ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
समितिले बाढी–पहिरो तथा बेमौसमी वर्षाबाट प्रभावित साना किसानलाई सहजीकरण गर्न पशुपन्छी पालन पुनर्स्थापना कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न मन्त्रालयलाई सुझाव दिएको छ।
समितिको प्रतिवेदनले आगामी वर्षहरूमा रोकथाम र राहत प्रणाली थप मजबुत बनाउनु अपरिहार्य रहेको उल्लेख गरेको छ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

