• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ६ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ६ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ९ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १२ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १३ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ३. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ४. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

  • ६. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ७. पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ८. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • ९. फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित

  • १०. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

आठ करोडको ऐलानी जग्गा माओवादी केन्द्रलाई !

admin २०७३, भाद्र, ९

वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।

सार्वजनिक जग्गाको भोगाधिकार उपलब्ध गराउने कार्यनीति २०६२ अनुसारको स्थानीय सिफारिस समितिका संयोजकसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको बैठकले माओवादी केन्द्रलाई आठ करोडभन्दा बढी मूल्य बराबरको पाँच कट्ठा जग्गा दिन सिफारिस गरेको थियो।

पार्टीलाई पचास बर्षकालागि जग्गा भोग चलन गर्न दिने समितिले सिफारिस गरेपछि त्यसको चर्को विरोध भएको छ। समितिका सदस्यहरु पर्साका स्थानीय विकास अधिारी विश्वप्रकाश अर्याल, वीरगन्ज उपमाहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला, नापी अधिकृत नागेन्द्र महतो र मालपोत कार्यालय पर्साका प्रमुख गमबहादुर विकले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको निर्णयमा सही गरका छन्।

‘हाल वीरगन्ज उपमहानगरपालका १७ स्थित किता नम्बर ७५ को क्षेत्रफल १–०–११ मध्ये दक्षिण र पश्चिम कुनाबाट ०–५–० (पाँच कट्ठा) जग्गा लिज वा भोगाधिकारका लागि ५० वर्षकालागि नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय संचालनकालागि उपलब्ध गराउन हुन स्वीकृति प्रदान गर्नु हुन अनुरोध छ,’ निर्णयमा भनिएको छ। यस सिफरिसको आधारमा सरकारले पार्टीलाई जग्गा दिने बाटो खुलेको छ।

‘हामी कँहा आएको निवेदन उपर समितिले गर्नु पर्ने निर्णय गरेर सरकारलाई पठाइएको जग्गा दिइएको होइन, जग्गा दिने निर्णय मन्त्रिपरिषदले गर्ने हो,’ पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘एउटा उहाँहरुको मात्र निवेदन आएको हुनाले त्यसमा समितिले आफ्नो निर्णय दिएको हो। यसमा अन्यथा लिनु पर्ने कुरा छैन्।’ माओवादी केन्द्रलाई दिने भनिएको जग्गा सो क्षेत्रकोे चलनचल्तीको दर अनुसार आठ करोडभन्दा बढी मूल्य पर्ने जग्गा कारोवारीको भनाइ छ।

‘हाल वीरगन्ज उपमहानगरपालका १७ स्थित किता नम्बर ७५ को क्षेत्रफल १–०–११ मध्ये दक्षिण र पश्चिम कुनाबाट ०–५–० (पाँच कट्ठा) जग्गा लिज वा भोगाधिकारका लागि ५० वर्षकालागि नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय संचालनकालागि उपलब्ध गराउन हुन स्वीकृति प्रदान गर्नु हुन अनुरोध छ,’ निर्णयमा भनिएको छ।
एमालेद्वारा जिल्ला प्रसाशन घेराउ
नेकपा माओवादी केन्द्रलाई जग्गा दिन सिफारिस बिरोधमा नेकपा एमालेले बुधबार बिहान बिरोध जुलुसपछि जिल्ला प्रसाशन कार्यालय घेराउ गर्यो । सहभागिले सरकार, माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दहाल र प्रजिअ घिमिरे बिरुद्ध चर्को नाराबाजी गरेका थिए।

उनीहरुले बिहान १० देखि १२ बजे २ घण्टा जिल्ला प्रसाशन कार्यलयको मुल ढोका घेराउ गरेर बसे। एमालेका सांसद बिचारी यादव, जयप्रकाश थारु, केन्द्रीय सदस्य प्रल्हाद गिरीलगायतको नेतृत्वमा गएका जिल्लाका सयभन्दा बढी नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारीलाई कार्यालय बाहिर बोलाएर ज्ञापन बुझाए।
नागरिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.