• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

२०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ५. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ७. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • ८. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

  • ९. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

  • १०. वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, १० जनाको सनाखत

नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ । अन्य केही हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ । थप एक जनाको घटनास्थलमा खोजी गर्ने क्रममा शव भेटिएको हो ।

सनाखत भएकामा रौतहट जिल्लाका आठ जना रहेका छन् । उनीहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी रहेका छन् ।

सनाखत भएका अन्य दुईमा भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । जसमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३७०९ नम्बरको बस गौरबाट ३० जना यात्रु लिएर आएको थियो । चन्द्रनिगाहपुरबाट चढेका नौ जना यात्रु र चालक दलका तीन जना सवार रहेको प्रहरीले जनाएको छ । नदीमा अझै चार जना बेपत्ता भएको अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेमा भारत सितबनीका २८ वर्षीया सुगन्ती गुप्ता, सोही ठाउँका २८ वर्षीय राजेश गुप्ता, गुप्ताकी ५ वर्षीया छोरी सुयता गुप्ता, गुप्ताकै दुई वर्षका छोरा आकाश गुप्ता रहेका छन् ।

त्यसैगरी सोही मेडिकल कलेजमा उपचाररत बसका सहचालक धादिङका २० वर्षीय राजन पाण्डे, पोखरा उपमहानगरपालिका–१५ का २० वर्षीया दिपीका थापा, रौतहट इनरबारी–४ का २८ वर्षीय रीतेसकुमार ठाकुर, रौतहट चन्द्रनिगाहपुरका नौ वर्षीया मिली साह, निजका दुई वर्षीय भाइ प्रिन्स साह, रौतहट भेडीआही–७ का ३० वर्षीय शेस्स राज, भारत शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय र रौतहट वडहरवा–२ का २४ वर्षीय प्रमोद दास रहेका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कलेज अफ मेडिकल साइन्सेसमा चन्द्रनिगाहपुर–३ का २५ वर्षीय श्याम न्यौपाने, चन्द्रनिगाहपुर–५ का ४० वर्षीय सन्जय साह, सर्लाही वसन्तपुर–१ का २५ वर्षीय अविनासकुमार चौधरी र गौरी नगरपालिकाका–११ वर्षीय सुशान श्रीवास्तवको उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)
    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

    २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
    • २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    • डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    • तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.