• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ६ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ६ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ९ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १२ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १३ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ३. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ४. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

  • ६. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ७. पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ८. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • ९. फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित

  • १०. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

यातायातमा कडा कानुन ल्याइदै- अाजको पत्रिका

admin २०७३, भाद्र, १३

काठमाडौं, १३ भदौ यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुर्घटना रोक्न यो व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहितका सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको प्रस्ताव मन्त्रालयमा पठाइसकेको छ ।

हाल ऐनको मस्यौदामा गृहकार्य गरिरहेको छ । ‘धेरै देशमा यात्रु तथा पैदलयात्रुको मृत्यु हुने गरी दुर्घटना गराएमा आजीवन लाइसेन्स खारेज हुने प्रावधान छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले पनि आजीवन लाइसेन्स खारेजको प्रस्ताव गरेका छौँ ।’

ऐन र नियमावली संशोधन गरिँदै

विभागले यातायातसम्बन्धी ऐन र नियमावली संशोधन गर्न लागेको छ । नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा बुझाइएको र ऐन संशोधनको मस्यौदामा छलफल भइरहेको महानिर्देशक श्रेष्ठले बताए । दुई साताअघि काभ्रेको बिर्तादेउरालीमा भएको बस दुर्घटनापछि मन्त्रालयले कानुन संशोधन गरेर कडाइ गर्न लागेको हो । रुट परमिट नलिई सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्नेलाई कडा कारबाही गर्न लागिएको छ ।

त्यस्तै, यात्रु बोक्ने सवारीले सामान बोकेमा तथा सामान बोक्ने सवारीसाधनले यात्रु बोकेमा पनि जरिवाना बढाइने महानिर्देशक श्रेष्ठले बताए । धेरैजसो दुर्घटना क्षमताभन्दा धेरै यात्रु बोक्दा हुने गरेको छ । आइतबार अर्घाखाँचीमा जिप पनि क्षमताभन्दा धेरै यात्रु बोकेकोमा दुर्घटनामा परेको थियो ।

यात्रु मारिए सवारीसाधनलाई तीन लाख जरिवाना

दुर्घटनामा यात्रु मारेमा त्यस्ता सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवानाको प्रस्तावसमेत गरिएको महानिर्देशक श्रेष्ठले बताए ।

जरिवाना कम हुँदा दुर्घटना बढेको निष्कर्षसहित कडा नियम बनाउन लागिएको हो । विगतमा कडा नियम बने पनि कार्यान्वयनमा आएका छैनन् । व्यवसायीको दबाबमा ऐन–नियम कार्यान्वयन नहुने गरेको हो । कडा प्रावधानसहितको सवारीचालक अनुमतिपत्र निर्देशिका दुई वर्षअघि निर्माण भएकोमा मन्त्रिपरिषद्ले पारित गरेर पनि उक्त निर्देशिका कार्यान्वयन गरिएन । व्यवसायीको दबाबमा राजपत्रमा निर्देशिका प्रकाशित नगरी रद्द गराइएको थियो । यसपटक दुर्घटना बढेपछि मन्त्रालयका कर्मचारी ताते पनि पछि व्यवसायीको दबाबमा झुक्न सक्ने ट्राफिक प्रहरीको आशंका छ । –
नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.