Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खादाँ मृत्यु तथा बेहोस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, १७
अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खादाँ मृत्यु तथा बेहोस

नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खाँदा सल्यान घर भएका शितल रानाको मृत्यु भएको छ भने सल्यान काभ्रा–३ बस्ने ३० बर्षीय बिर बहादुर राना बेहोस भएका छन् ।    कोहलपुर नगरपालिका–६ स्थित गोल्छा भन्ने स्थानमा विहिबार शितल रानालाई मृत अवस्थामा र बिर बहादुर रानालाई बेहोश अवस्थामा फेला पारिएपछि प्रहरीले बेहोश बिर बहादुर रानालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा होशमा आएका थिए ।
निजले बताएअनुसार दुवै जना भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गर्दा आफुलाई कोहलपुरका हौं भनि बताउने अपरिचित ३ जना व्यक्तिले नाम नखुलेको होटेलमा लगी पेय पदार्थ  (कोक) खुवाएको र सो पश्चात दुवै जना बेहोश भएको र दुवै जनाको साथमा रहेको नगद १२ हजार रुपैयाँ, मोबाईल थान २ र कपडा रहेको झोला समेत लुटपाट भएको बताएका थिए ।

Top Changing Nepal

युट्युब सट्स