Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

सरकारी अस्पतालमा सव गृहको यस्तो हालत भए पछि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, २०
सरकारी अस्पतालमा सव गृहको  यस्तो हालत भए पछि

काठमान्डाै , भदाै – २०

अस्पताल भन्ने बित्तिकै फोहर  र वातवरण प्रदुषण बाट मुत्त हुनु पर्ने हो । पुर्वाधार हरूको उचित व्यवश्थापन नगरी दिंदा अस्पतालनै फोहर र वातवरण प्रदुषणका स्रोत बन्न पुगेका छन । यस्तै हालत छ पाटन अस्पतालको सव गृहमा । जहाँ स्वस्थ मानिस प्रवेश गर्यो भने पनि बिरमी भएरै मात्र निष्कन्छ वा उसले रोगको संक्रमण लिएर मात्र निस्कन्छ । महिनाैं दिन देखि उचित व्यवश्थापन नपाएर बिग्रिएको फ्रिजमा थन्किएर रहेका बेवारीसे  लास हरू टाढै सम्म डुङ्गडुङ्गति गन्हाउछन । त्यहि सव गृहमा  अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पोष्टमाटम गर्नु पर्ने सव हरू पनि राख्ने गरिएको छ । उत्त सव गृहमा सव राख्न झिक्न भित्र बाहिर गरिरहनु पर्ने भएको ले अन्य स्वश्थ मान्छेको स्वास्थमा कति सम्म असर पर्ला भन्ने कुनै हेक्का राखिएको छैन ।

अहिले  पनि  पाटन हस्पिटलको सव गृहमा बिग्रिएको फ्रिज भित्र झन्डै ३ महिना देखि  प्लास्टिकले बेरेर रखिएका  अाठ वटा व्यबारिसे  सव हरू छन । त्यस भन्दा अघाडि  त्यही सव गृहमा व्यवारिसे अवश्थमा रहेका  झण्डै ३ वर्ष अघाडी देखिका  सव कुहिएर अस्तिपञ्जर मात्र बाँकि रहेका सवहरू उचित  व्यवस्थापन नगरिकनै यहि हालतमा राखिएको थियो । सम्बन्धित पक्षले त्यता तिर ध्यान नदिए पछि ललितपुर टिकाथलीका समाजसेवी विनय जंग बस्नेतले अाफ्नै व्यत्तिगत पहलमा  लासहरू संकलन गरि पशुपति अार्य घाटमा लगेर सामुहिक दाह संस्कार गरिदिएका थिए । त्यति बेलै सब गृहका व्यवारिसे लास व्यवश्थापन भए पछि अस्पतालको फ्रिज मर्मत गरिने तथा सव गृहलाइ व्यवश्थित गरिने अस्पताल व्यवश्थापनको भनाइ भए पनि अहिले सम्म पनि पाटन अस्पतालको सव गृहको अवश्था भने सुध्रिएको   छैन ।

बेवाह्रिसे सवहरूको व्यवश्थापन गर्नु पर्ने जिम्वेवारी नगरपालिका कार्यलयको भए पनि जिल्ला प्रशाशन , प्रहरी र अस्पताल व्यवश्थापन विच उचित समन्वय हुन नसक्दा लामो समय सम्म अस्पतालहरूमै बेवाह्रिसे सवहरू अव्यवश्थित रूपमा रहने गरेको पाइएको छ ।  बेवाह्रिसे सवहरूको अाफ्नै खर्चमा दाहसंस्कार गर्दै अाएका विनय जंग बस्नेत भन्छन ” समाज सेवा मेरो धर्म हो समाजमा सकारात्मक परिवर्तन गर्न जुनसुकै काम गर्न तयार छु इच्छा भएर मात्र नहुने रहेछ बेवाह्रिसे सवको दाह संस्कार गर्ने सन्दर्भमै हेर्नुहुन्छ भने धेरैनै कानुनी, व्यवाहारीक समस्याहरू झेल्नु पर्छ समस्या नै समस्या छ छोड्दिउन त भन्यो भने राष्ट्र प्रति, समाज प्रति  एउटा  सामान्य नगरिकले पुरा  गर्नु पर्ने दायित्वले झस्काउछ सबैका अाँखा ठुल ठुला कुरा र सबैले गरेकै तिर मात्र जान्छन यता तिर कसैको ध्यान गएको देखिदैन अहिले यत्तिकै छोडिदियो भने भोलिको अवश्था के होला  समस्याकै बावजुद पनि यो काम लाइ जारी राखेको छु अब भने केहि भावना मिल्ने नजिकका साथीहरू सँग मिलेर ”एक्सन फर सोसियल चेञ्ज ” नामक संश्था खोलेर संस्थागत रूपमानै साथिहरको सहयोगमा काम गर्ने तयारीमा छु । ”   यसै सन्दर्भमा  पाटन अस्पतालमै भेटिएका बक्सिङ्ग खेलाडि म्याक्स  बस्नेतले जानकारी केन्द्र संग कुराकानि गर्ने क्रमामा  यसो भने ” सम्बन्धित पक्षको अाफ्नो जिम्वेवारी   बोध हुननसक्दा र जिम्वेवारी बाट पन्छिने प्रवृतिले यस्ता समस्या अाउने गरेका छन यस्ता समस्या विभिन्न क्षेत्रमा देख्न सकिन्छ समयमानै क्षणिक सामधान नभएर दिर्घकालिन सोच राखेर सम्बन्धित पक्षले ध्यान दिन नसके  क्षणिक लाभको संकुचित भावनाले दिर्घकालिन असर पर्न सक्छ जसको पुर्ति गर्न लामो समय खर्चनु पर्ने सम्भावना देखिएकोले समयमानै ध्यान दिनु उचित होला ”

 

 

 

Top Changing Nepal

युट्युब सट्स