• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १० घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ११ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १४ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १५ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १७ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १७ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

गायक चेतन सापकोटाले साथीको छोरी बलात्कार गर्न खोजेपछि…

admin २०७३, भाद्र, २०

संगीतकारका रुपमा भन्दा बढी गायकका रुपमा चिनिने चेतन सापकोटाको गायकीलाई धेरैले भारत पलायन भएका गायक उदीतनारायण झासँग तुलना गर्छन् । उदीतकै झल्को दिने गरी गीत गाउने सापकोटाले मायाप्रितिका कम र जागरणका शब्दलाई बढी प्राथमिकता दिने गरेका छन् । उनले ‘मेरो देशमा अर्को बुद्ध पठाइदेऊ’ लगायत चर्चित जागरणका गीतहरुमा आफ्नो स्वर दिएका छन् ।

मान्छेमा जागरणकोे आवश्यकता औंल्याउँदै आफ्ना सिर्जना र गायकी पस्कँदै आएका उनलाई संगीतकर्मकै आधारमा धेरैले इमान्दार संगीतकर्मीका रुपमा बुझ्छन् । तर, अरुलाई क्रान्ति, जागरण र परिवर्तनका निम्ति आह्वान गर्ने यिनै सापकोटा आम बुझाइ भन्दा निकै पृथक रहेको उदेकलाग्दो घटना फेला परेको छ ।

सापकोटा आम बुझाई भन्दा फरक भूमिकामा प्रस्तुत भइदिँदा माओवादी पार्टीकै लागि टाउको दुखाइको विषय बनेका छन् भने स्वयं आफैं ‘दिनमा भोक न रातमा निद्रा’को अवस्थामा पुगेका छन् । उनी जस्तै माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारीको इज्जतमा पनि कहिल्यै नमेटिने गरी कालो धब्बा पोतिन पुगेपछि यो घटनाले माओवादी हेर्डक्वार्टर नै बेस्सरी हल्लन पुगेको छ ।

आफ्नै साथीको किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ संवद्ध सापकोटाको अहिलेसम्म बनेको इमेज गल्र्यामगुर्लुम्म ढल्न पुगेको हो । तर, माओवादीका दुई चर्चित सांस्कृतिक योद्धाहरुमा गम्भीर सांस्कृतिक विचलन देखापरे पनि यसलाई पार्टीभित्रै कैद गर्ने प्रयास भइरहेको भन्दै माओवादीनिकट कलाकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यही प्रयासस्वरुप यो चर्चित काण्डलाई प्रहरीमा जान नदिएर भित्रभित्रै थामथुम पार्न खोजिएको कलाकारहरुको बुझाई छ ।

भएको के हो ?

करिब १ महिनाअघि ललितपुरको एक रेष्टुरेन्टमा भण्डारी, सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवक ‘सोमरस’ पान गर्ने उद्देश्यसहित भेला भएका थिए । माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा संवद्ध ती नेताले यसकै खुसीयालीमा उक्त जमघट गरेको बताइन्छ । प्राप्त समाचारअनुसार, जमघटपछि उनीहरुले राति १२ बजेसम्म रेष्टुरेन्टमा मदिरापान गरेका थिए ।

स्रोतका अनुसार, मदिरापानका कारण चेतन र गणेश सम्हालिनै सकेका थिएनन् । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए । प्रेमले आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पत्ति सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए ।

गितार सिकाउँदा सिकाउँदै सापकोटा र भण्डारीले नेताकी छोरीका अंगमा स्पर्श गरेका थिए । कुनियत राखेर स्पर्श गरेका सापकोटा र भण्डारीद्वयको पञ्जाबाट उम्कन खोज्दा–खोज्दै बलात्कार प्रयास भएपछि उनकी छोरी चिच्याएको बताइन्छ । छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरुको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।

गम्भीर प्रकृतिको यो घटनापछि ती नेताले प्रहरीमा उजुरी हाल्न रोकेर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा उजुरी हाल्न लगाइएको थियो । उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो ।

छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए । ‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरुलाई कारबाहीको लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौं ।’ उनले कस्तो कारबाहीको सिफारिस गर्नुभयो ? भन्ने प्रश्नमा भने यसबारे अहिले केही भन्न नमिल्ने बताए ।

कारबाहीबाट जोगिन दौडधुप
सापकोटा र भण्डारीलाई माओवादी केन्द्रले जनसांस्कृतिक महासंघको जिम्मेवारीबाट मुक्त गराइसकेको छ । अहिले जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्ष सीता शर्मालाई दिइएको छ । यसबारे उजुरी परेलगत्तै दुवैलाई आ–आफ्नो जिम्मेवारीबाट राजीनामा गर्न पार्टीले लगाएको थियो ।

तर, सापकोटा र भण्डारीद्वयले जिम्मेवारीबाट राजीनामा गरे पनि उन्मुक्तिका लागि शक्ति केन्द्र चहारेको कलाकारहरुको दाबी छ । दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डकी छोरी रेणु दाहाल र हिमाल शर्माको निर्वाचन प्रचारमा ज्यान फालेर लागेका सापकोटाले रेणु र हिमालसँग आफूले विगतमा सहयोग गरेको ब्याज मागेको चर्चा माओवादी कलाकारहरुबीच चल्न थालेको छ । स्रोतका अनुसार, उनले प्रचण्डपुत्र प्रकाशलाई पनि यसका लागि दबाब दिएको र प्रहरीसम्म जान नदिएर यसलाई आन्तरिक रुपमै मिलाउन खोजिएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

स्रोत http://www.news24nepal.tv/

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.