२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
मेष राशि-
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च पनि होला ।
बृष राशि-
आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ ।
मिथुन राशि-
पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।
कर्कट राशि-
पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्ङ्गिको हौसलाले मन रमाउनेछ ।
सिंह राशि-
मनमा उदासिन्ता बढ्ने काममा अवरोध सिर्जना गर्नेहरु सकृय रहनेछन् विस्वास गरेकाले धोका दिनेछन । बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल रहेका कारण काममा बाधाहरुको पनि सामना गर्नु पर्ला ।
कन्या राशि-
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दु:ख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला ।
तुला राशि-
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ तथा फलिफाव हुने दिन रहेको छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुनेछ ।
वृश्चिक राशि-
व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छन् , प्रियसाथीसंग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुनेछ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछन् ।
धनु राशि-
खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला। अनेक किसिमका झमेला मा परिएला। काममा समस्या देखिरहन्छ बेलुकासम्म तर बेलुकीपख कुनै नयाँ योजना दिमागमा आउनेछ ।
मकर राशि-
काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने पनि योग छ । परोपकारका काममा पनि मन जानेछ ।
कुम्भ राशि-
आयआर्जन हुने दिन छ, यात्रा संभावनाको योग छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । प्रयास गर्नुहोला अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ ।
मीन राशि-
घरमा पाहुना आगमनको दिन रहेको छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दु:ख हुने मिश्रित किसिमको दिन रहेको छ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

