• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • ८ घण्टा 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • ९ घण्टा 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १२ घण्टा 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १२ घण्टा 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १३ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • १७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • १७ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • २. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ३. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ५. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ६. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ७. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ८. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • १०. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

भिडियोबाट पढाइ: विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

admin २०७३, भाद्र, २०

विषयगत शिक्षकको अभाव रहेका तथा शिक्षकले पढाएको राम्रोसँग नबुझेका विद्यार्थीलाई अब काठमाडौंबाटै अनुभवी शिक्षकले पढाउने भएका छन्।
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा पढाउने तयारी गरेको छ।

भूकम्प प्रभावित ११ जिल्लाका सय विद्यालयमा भर्चुअल लर्निङ गराउने तयारी भएको हो। शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार भूकम्प प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विद्यालयमा भर्चुअल लर्निङ सेस्टर स्थापना गरिएको छ।

केन्द्रका कार्यकारी निर्देशक गौतमले आगामी कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । भर्चुअल लर्निङमा कक्षा १० को गणित, विज्ञान र अंग्रेजी विषयलाई केन्द्रत गरेर कक्षा सञ्चालन हुादै छ। भर्चुअल स्टुडियोबाट शिक्षकले एक सय विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष पढाउनेछन्।

केन्द्रले विद्यालय सञ्चालन भएको दिन कसरी स्टुडियोबाट पाठ पढाउने भन्ने तालिकासमेत सञ्चालन गर्ने जनाएको छ। सयवटा विद्यालयमा प्रत्यक्ष सिक्नका लागि टेलिभिजन, प्रोजेक्टर, ल्यापटप, प्रिन्टर र सोलार ब्याकअपको व्यवस्था छ। अहिले ९३ वटा विद्यालयमा भर्चुअल सिकाइ कक्षाका लागि उपकरणहरू जडानको काम भइरहेको निर्देशक गौतमले बताए।

भर्चुअल कक्षा सञ्चालन भइरहेका वेला आफूले नबुझेका कुराहरू विद्यार्थीले पढाइरहेका शिक्षकलाई सोध्न सक्ने व्यवस्थासमेत गरिएको छ। लाइभ कक्षा सञ्चालन भइरहेका वेला विद्यालयको कक्षा कोठाबाट आइपी फोनमार्फत स्टुडियोमा फोन गरेर शिक्षकलाई प्रश्न गर्न सक्छन् । कसैले लाइभ कक्षामा सहभागी हुन नपाएमा त्यस्ता विद्यार्थीका लागि रेकर्डिङ गरेर हरेक विद्यालयमा पठाउने र यु ट्युबमा समेत राख्ने व्यवस्था गर्दै छ। एउटा कक्षामा ३० देखि ४० विद्यार्थी बसेर कार्यक्रम हेर्न र सुन्न सकिने व्यवस्था गरिएको छ।

भर्खरै निर्माण भएको भर्चुअल स्टुडियोबाट शिक्षामन्त्री धनीराम पौडेलले तीनवटा शैक्षिक तालिम केन्द्रका कर्मचारीहरूलाई निर्देशन दिए।
काभ्रे, धनुषा र तनहुँ गरी तीनवटा शैक्षिक तालिम केन्द्रमा समेत उपकरण जडान गरी ल्याब बनाइएको छ। शिक्षामन्त्री पौडेलले कर्मचारीहरूलाई केन्द्रमा बोलाएर सानोठिमीस्थित भर्चुअल स्टुडियोबाट शुक्रबार निर्देशन दिएका थिए। उनल एकैचोटि तीन ठाउँका तालिम केन्द्रका तीन दर्जन कर्मचारीलाई तालिम निर्देशन दिए ।
नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.