कर्णेल कुमार लामाले पाए सफाई
काठमाडौं, २१ भदौ । द्वन्द्कालमा सर्वसाधरणलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले अन्नत सफाई पाएका छन्। झन्डै साढे तीन वर्षदेखि यातना सम्बन्धि मुद्दा खेपिरहेका लामाको पक्षमा फैसला भएको छ ।
मंगलबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा कोर्ट नम्बर ६ मा जस्टीस स्वीनी नेतृत्वको इजलासले लामालाई निर्दोष सावित गर्दै मुद्दा टुंग्याएको हो । अभियोजन पक्षले लामालाई दोषी ठहर्याउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय लिएपछि लामालाई निर्दोष सावित गर्दै मुद्दा टुंग्याएको हो ।
गत महिना करिब सात हप्ताको सुनुवाइपछि लामाले यातना सम्वन्धि दुई मध्ये करम हुसेनको मुद्दामा सफाइ पाएका थिए ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटिएका बेला छुट्टिमा परिवार भेटन बेलायत जाँदा सन् २०१३ जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो।
लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग लागेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

