चोरीको कार्यमा संलग्न रहेको आरोपमा चार जना पक्राउ रौतहट ।
राैतहट, भाद्र २२ गते ।
चोरी कार्यमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले चन्द्रनिगाहपुरबाट ४ जनालाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका वार्ड नम्बर १ स्थित होटेलबाट प्रहरी टोलीले जिल्ला बारा गाउँ विकास समिति खोपवा ४ श्रीपुर टोल निवासी सन्दिप कुमार राय, २५ वर्षीय मुकेश राय, वार्ड नम्बर ६ निवासी २६ वर्षीय समिर चौधरी र २१ वर्षीय सुजन ठाकुरलाई पक्राउ गरेको स्थानीय स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताएका छन् । पक्राउ परेका युवकहरुको साथबाट चोरीको १२ थान मोबाइल तथा नगद ३४ हजार रुपैया बरामद भएको प्रहरी नायव उपरीक्षक ढकालले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।