यस्तो छ, बजारमा अाउदै गरेको नयाँ हास्य टेलिसेरियल “पुर्पुरो”
अब फरक शैलि र विषय वस्तुमा अाधारित नयाँ हास्य टेली सिरियल ” पुर्पुरो ” बजारमा अाउने भएको छ । कुशलव केसी र सुरेश थापा को निर्देशन रहेको ” पुर्पुरो “का निर्माता रवि केसी रहेका छन । यस हास्य टेलिसिरियलमा चर्चित कलाकारहरू कुशलव केसी ‘मितज्यू’ ,सुरेश थापा ‘दर्शने’ , अनिता दंगाल ,लक्ष्मण ढुङ्गाना , नेत्र रावत , अशोक श्रेष्ठ, प्रिती केसी, कबिता पैजा श्री कुमार गाैतम लगायतका कलाकारहरूको भुमिका रहने पुर्पुरोमा गित तथा संगित भने खोजि प्रतिभाको बाट संगित क्षेत्रमा प्रवेश गरेका चर्चित गायक सिडी विजय अधिकारीको रहेको छ । क्यामरमा प्रेम थापा रहेको हास्य टेलिसिरियल ” पुर्पुरो ” निकै नै चर्चित बन्ने अनुमान गरिएको छ ।
हास्य टेलिसिरियल पुर्पुरो पोखराको फेवा टेलिभिजन लगायत मध्यमाञ्चलका अन्य टेलिभिजन बाट प्रसारण हुने तथा युट्युवमा यम के च्यानल मार्फत संसार भर हेर्न सकिने बताइएको छ
‘पुर्पुरो’ कस्तो प्रकारको हास्य टेलि सिरियल हो ? भन्ने प्रष्नमा लाइ प्रष्ट पार्दै ‘पुर्पुरो’का निर्देशक द्वय कुशलव केसी र सुरेश थापा ले भने ” समाजका यथार्थ परक विषय वस्तुलाइ व्यङ्गयात्मक रूपमा प्रस्तुत गरिएको पुर्पुरोमा दर्शकहरूको चाहाना अनुरूप जबर्जस्त नभएर कलात्मक रूपमा मनोरञ्जन प्रदान गरिएको ले ‘पुर्पुरो’ लाइ दर्शकहरूले निकै नै रूचाउनेमा म विश्वस्त छु । काम गर्ने क्रममा केहि कमजोरी भयो भने पनि दर्शकहरू कै चाहाना अनुरूप सुधार गर्दै पुर्पुरो लाइ दर्शकको मन जित्न सफल हास्य टेलिसिरियलको निर्माण गर्नु नै मेरो प्रमुख जिम्वेवारी भएकोले यसको लागि म अहोरात्र खटिरहेको छु यो भन्दा बढि नै मेहनत गरेर पनि दर्शकहरूले भरपुर मनोरजञ्जनका साथै समाज परिवर्तनमा सकारात्मक सन्देश सम्प्रेषण गर्ने माध्यम बनाउन हाम्रो टिमले जस्ता सुकै समस्याहरूको सामधान गर्दै एक जुट भएर लागि पर्छाै । अहिले दर्शकको चाहाना अनुरूप नै भनेर धेरै प्रकारका हास्य सामाग्रीहरू प्रस्तुत गरिए पनि दर्शकहरूको वास्तविक भावना समेटर मनोरञ्जन दिन नसकिएको महशुस भएर नै पुर्पुरो ले दर्शकले चाहेको र खोजेको नै मनोरञ्जन प्रदान गर्ने तर्फ हाम्रो विषेश ध्यान गएको छ ।
कलाकारिता क्षेत्रलाइ काठमान्डाैमा मात्र केन्द्रित गरेर विकास गर्न सकिन्छ भन्ने भ्रमलाइ हटाएर बाहिर बाट पनि उत्कृष्ट कला प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यता स्थपना गर्नका लागि पनि पोखरा तथा मध्य पश्चिममा केन्द्रित भएर कला क्षेत्रलाइ अझ बढि उचाइमा पुर्याउने मुल मर्म भएको निर्देशक द्वय कुशलव केसी र सुरेश थापा बताएका छन ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

