रकम अभावमा उपचार नपाई विरामी फर्किए अस्पतालहरु कारवाहीमा पर्ने
स्वास्थ्य मन्त्री गगन थापाले अस्पताल प्रवेश गरेका सेवाग्राहीहरुले रकम अभावमा उपचार नै नपाई फर्किनुपर्ने अवस्था आए कारवाही गरिने चेतावनी दिनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा विद्यमान विकृति र विसंगति हटाउन सरकार लागिपरेको पनि बताउनु भयो ।आइतवार मोरङका विभिन्न स्वास्थ्य संस्थाहरुमा निरीक्षण पछि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको निरीक्षण पछि चिकित्सक तथा कर्मचारीहरुलाई निर्देशन दिदै सरकार अहिले स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई साधन स्रोत सम्पन्न बनाएर अंचल अस्पताल र क्षेत्रीय अस्पतालमा विरामीको चाप घटाउने रणनीति निर्माणमा लागेको जानकारी दिनुभयो । उहाँले औषधि र अस्पतालका औजार र साधन खरिदमा देखिएको त्रुटि सच्याउने गृहकार्यमा लागेको बताउदै स्वास्थ्य क्षेत्रमा रहेको विकृति र विसंगति अन्त्यका लागि पद्धति बसाउन सके स्वास्थ्य क्षेत्रमा रहेको आधा भन्दा बढी समस्या हल हुने धारणा व्यक्त गर्नुभयो ।
स्वास्थ्य मंत्री थापाले कोशी अंचल अस्पतालको बच्चा वार्ड, प्रसुति वार्ड, ओपिडी भवन, मेडिकल वार्डको निरीक्षणका साथै सेवाग्राहीहरुसंग सेवा सुविधा बारे जानकारी लिनुभएको थियो । यसैगरी स्वास्थ्य मंत्री थापाले मोरङको गोठगाँउ स्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज र रंगेली अस्पतालको पनि निरीक्षण गर्नुभएको छ
News24nepal.tv बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

