निर्वाचन अवधिभर मदिरा बिक्रिमा रोक
काठमाडौँ । सरकारले फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै आजदेखि निर्वाचन अवधिभर मदिरा बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान मितिभन्दा सात दिनअघि लागू हुने व्यवस्था बमोजिम यो रोक अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म कायम रहनेछ ।
निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाइएको छ । फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रुपमा बन्द गरिने बताइएको छ भने आचारसंहिता कडाइका साथ लागू हुनेछ ।
त्यस्तै,फागुन २० गते १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा तथा पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ । एम्बुलेन्स,दमकल,शववाहन,सुरक्षा निकाय,विद्युत,खानेपानी र दूरसञ्चार मर्मतका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिइने सरकारले बताएको छ ।
सरकारले आम नागरिकलाई नियमको पालना गर्दै शान्तिपूर्ण रुपमा मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

