नवलपरासीको चोरमारा जंगलमा रोकिएको बसमा ठक्कर दिदा एक जनाको मृत्यु ५ घाइते ।
जितेन्द्र यादव नवलपरासी, असोज १०
नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा सोमबार दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ६ गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६९३३ नम्बरको बस अनियन्त्रित भई रोकिराखेको ना ४ ख ५०१० नम्बरको ट्रकसँग ठक्कर खाएको हो । दुर्घटनामा बारा जिल्लाको तेराकट्टी बस्ने २५ बर्षीय संदिप शर्माको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा वेनिमणिपुर सर्दी निवासी ६ बर्षीय खेमबहादुर चौधरी, दुम्किबास ५ निवासी ४८ बर्षीय रपा परियार, अर्घाखाँचीका २५ बर्षीय दिनेश मरासिनी, चितवनको भरतपुर उप महानगरपालिका निवासी २६ बर्षीय सलिना गरुङ र रुपन्देहीको खैरहनी निवासी ३१ बर्षीय अनिता सुनार रहेका छन् । घाईतेहरुको भरतपुरमा उपचार भईरहेको छ । बस र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

