सदिक्षा पाण्डे भइन मिस पोखरा २०१६
पोखरामा जारी आठौं संस्करण अन्तर्गतको मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् ।
पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छिन् साथै बिजेताले द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्न पाउनेछिन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक/एक वटा जियोनी मोवाइल प्राप्त गरे ।
यसैगरी मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेष्ट स्माइल, मिस क्याटवाक, मिस बेष्ट ड्रेस, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल विजेताले पनि नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजले यस वर्ष आठौं संस्करण गरेको हो । १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

