रेखा थापा मंसिरकै पहिलो साता विवाह बन्धनमा बाँधिने !
चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् ।
बुधबार रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा नायिका थापाले भनिन्,‘यही मंसिरमै घरजम गर्दैछु, यसको सम्पूर्ण तयारी भैसकेको छ ।’ हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’
हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’
त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
