रेखा थापा मंसिरकै पहिलो साता विवाह बन्धनमा बाँधिने !
चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् ।
बुधबार रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा नायिका थापाले भनिन्,‘यही मंसिरमै घरजम गर्दैछु, यसको सम्पूर्ण तयारी भैसकेको छ ।’ हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’
हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’
त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

