जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे-१२ धाइरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको मृत्यु भएको हो। यस्तै दुर्घटनामा घाइते ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको छ। घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहनुका साथै जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

