चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
काठमाडौँ । नेपालको स्मार्टफोन बजारमा अनर एक्स ८ डी औपचारिक रुपमा सार्वजनिक गरिएको छ । यस मोडलले अघिल्लो मोडल अनर एक्स सीलाई प्रतिस्थापन गर्दै प्रयोगकर्तालाई थप सुधारिएको अनुभव दिने लक्ष्य सहित यस फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । विशेषगरी अघिल्लो मोडलमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै एक्स ८ डी फोनलाई नयाँ डिजाइन र शक्तिशाली ब्याट्रिसहित ल्याएको बताइएको छ ।
कम्पनीका अनुसार, नयाँ अनर एक्स ८ डी स्मार्टफोनको डिजाइनमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ । यसमा तीनवटा क्यामेरा मोड्युल र होल–पञ्च फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ भने जसले यसलाई आधुनिक लुक दिन्छ । यसको स्टाइलिंङ अनर ४०० लाइटसँग मिल्दोजुल्दो देखिन्छ । त्यस्तैगरी आइपी ६५ रेटिङ र एसजीएस २ मिटर ड्रप टेस्ट प्रमाणिकरण प्रक्रियाले फोनलाई अझ बलियो बनाएको जनाइएको छ ।
यस फोनको डिस्प्ले पक्षलाई हेर्दा, ६.७७ इन्चको एमोलेड स्क्रिन,१२० हर्ज रिफ्रेसरेट र उच्च ब्राइटनेसको साथ प्रयोगकर्तालाई स्मूथ भिजुअल अनुभव दिने क्षमता राख्छ । १०–बिट कलर सर्पोटले अझ राम्रो कलर प्रोडक्सन सुनिश्चित गर्छ,जसले भिडियो हेर्ने र गेम खेल्ने अनुभवलाई झन ध्यान खिच्ने कम्पनीको विश्वास छ ।
यस फोनको पर्फमेन्सको कुरा गर्नुपर्दा फोनमा स्न्यापड्रागन ६ एस ४ जी जेन २ चिपसेट राखिएको छ भने यो भिभो वाई ३१ डी मा प्रयोग गरिएको चिपसँग मिल्दोजुल्दो रहेको बताइन्छ । फोन ८ जीबी र्याम (भर्चुअल र्याम सहित) र १२८ तथा २५६ जीबि स्टोरेज विकल्पमा उपलब्धि छ ।
यसपटक अनरले ब्याट्रीमा सबैभन्दा धेरै सुधार गरेको छ । ७००० एमएएच क्षमताको ब्याट्रीले लामो समयसम्म फोन प्रयोग गर्न सकिने बनाउँछ भने ४५ वाट फास्ट चार्जिङले छिटो चार्ज गर्ने सुविधा दिन्छ । दैनिक प्रयोगका लागि यो विशेष रुपमा उपयोगी हुने अपेक्षा गरीएको कम्पनीले जनाएको छ ।
उक्त फोनको क्यामेरा सेटअप भने धरै परिवर्तन भएको छैन । १०८ मेगापिक्सल मुख्य क्यामेरा र ५ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा यथावत राखिएको छ भने फ्रन्ट क्यामेरा १६ मेगापिक्सलमा सीमित गरिएको जनाइएको छ । यसले सेल्फीप्रेम प्रगोगकर्ताका लागी केही कमी महसुस हुन सक्ने बताइएको छ ।
कम्पनीका अनुसार, नेपालमा अनर एक्स ८ डी फोनको मूल्यको कुरा गर्दा ८/१२८ जीबि भेरियन्टका लागि लाई रु ३९ हजार ९ सय ९९ र ८/२५६ जीबिका लागि रु.४३ हजार ९ सय ९९ तोकिएको छ । त्यस्तै गरी ठुलो ब्याट्री,नयाँ डिजाइन र आधुनिक फिचरका कारण अनर एक्स ८ डी मिडरेञ्ज स्मार्टफोन बजारमा बलियो प्रतिस्पर्धीको रुपमा देखिएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


