एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्नो उन्नत धुलाई समाधान एलजी वास टावर टीएम को विश्वभर ३.२ मिलियन भन्दा बढी युनिट बिक्री गर्दै महत्वपुर्ण उपलब्धि हासिल गरेको बताएको छ । कम्पनीका अनुसार, यसले स्थान-बचत र उर्जा-दक्ष प्रविधिप्रति उपभोक्ताको बढ्दो आकर्षकलाई पुष्टि गरेको छ ।
सन् २०२० मा सार्वजनिक गरिएको एलजी वास टावर टीएम हाल ७७ भन्दा बढी देशहरुमा उपलब्ध रहेको जनाइएको छ । उत्तर अमेरिकामा १.६ लाख र एशियामा १.३ लाख युनिट बिक्री भइसकेको कम्पनीले बताएको छ । यसले आधुनिक उपभोक्ताहरु कम्प्याक्ट डिजाइन, सुविधा र उर्जा दक्षतामा केन्द्रित भइरहेको संकेत देखाउँछ ।
कम्पनीका अनुसार यो उत्पादनको मुख्य विशेषता यसको एकीकृत डिजाइन हो, जसमा एआई डिडि टिएम र डुअल इन्भर्टर हिटपम्प टिएम जस्ता उन्नत प्रविधिहरु समावेश छन् । एआई डिडि टिएम ले कपडाको तौल, प्रकार र फोहोरको स्तरअनुसार धुने मोड स्वत: चयन गर्छ भने डुअल इन्भर्टर हिटपम्प टिएम ले कम तापक्रममा सुरक्षित सुकाउने सुविधा प्रदान गर्ने बताइएको छ ।
त्यस्तैगरी एआई वास, स्मार्ट पियरिङ टिएम र प्रिपियर टु ड्राइ जस्ता स्मार्ट फिचरहरु पनि समावेश छन् । जसले प्रयोगलाई अझ सहज र समय दक्ष बनाउने कम्पनीको विश्वास रहेको छ ।
एलजीले बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ मोडेल ,थप एआई सुविधा र विभिन्न डिजाइन विकल्पहरु ल्याउने योजना बनाएको जनाएको छ ।
यस उपलब्धिको अवसरमा कम्पनीले दक्षिण कोरियामा विशेष प्रचार कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ भने आगामी दिनमा अन्य देशहरुमा पनि विस्तार गरिने बताएको छ ।
एलजी होम एप्लायन्स सोलुसन कम्पनीका अध्यक्ष बेक सुङ-ताएका अनुसार, एलजी वास टावर टीएम ले अत्याधुनिक प्रविधि र एआई को प्रयोगमार्फत विश्वभरका उपभोक्तालाई सहज र उन्नत कपडा हेरचाह अनुभव प्रदान गरेको छ र कम्पनीले आगामी दिनमा पनि यही विश्वास कायम राख्ने लक्ष्य लिएको छ ।
नेपालमा एलजी उत्पादनहरुको आधिकारीक वितरक सीजी इलेक्ट्रोनिक्सले देशभर गुणस्तरीय उत्पादन र भरपर्दो बिक्रीपश्चात सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


