देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि छिटपुट वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपात हुने र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
सम्बन्धित समाचार
पल्सरको २५ वर्ष : नेपाली राइडरलाई आफ्नै कथा सुनाएर मोटरसाइकल जित्ने सुनौलो अवसर
लालबकैयाको बाढीले हुलाकी राजमार्ग जलमग्न
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

