• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • १५ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • १५ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • १६ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • २४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १ दिन 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

जानकारी केन्द्र २०८३, बैशाख, २९

काठमाडौं । जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको बताइएको छ। यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यो सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप व्यवस्थित र ग्राहककेन्द्रित उपस्थितिको आधार तयार गर्नेछ।

यस साझेदारीअन्तर्गत सञ्चालनमा आएको नयाँ एमजी डिलरशिपमार्फत ग्राहकहरूले एमजीका प्रविधिमैत्री तथा विशेषतायुक्त गाडीहरू अनुभव गर्न सक्नेछन्। शोरुममा एमजी कमेट र एमजी विन्डसर लगायतका प्रमुख मोडलहरू उपलब्ध छन्, जसले विभिन्न सेग्मेन्टका ग्राहकहरूको फरक–फरक मोबिलिटी आवश्यकताहरू पूरा गर्ने कम्पनीको विश्वास छ।

नेपालमा स्मार्ट तथा दिगो मोबिलिटी समाधानप्रति बढ्दो माग र ग्राहक अपेक्षामा आएको परिवर्तनका कारण नेपाल एमजीका लागि महत्वपूर्ण बजारका रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, एमजीले आफ्ना गाडीहरूलाई ग्राहकसम्म अझ नजिक पुर्याउनुका साथै देशभर सेवा तथा बिक्रीपछिको सुविधालाई थप सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ। कम्पनीले बलियो स्थानीय उपस्थिति र थप प्रभावकारी ग्राहक सहयोगमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्ने बताएको छ।

नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले भने, “जेएसडब्लु एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको हो। प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खानेमा हामी विश्वस्त छौं। नेपाली बजारमा एमजी ब्रान्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ।”

जी.ओ. अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ। यसअन्तर्गत एमजी कमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एमजी विन्डसर ईभीको मूल्य ३९ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो आकर्षक मूल्य प्रस्तावमार्फत ग्राहकहरूले कम्प्याक्ट शहरी ईभीदेखि प्रिमियम एसयूभी प्रदर्शनसम्मका विभिन्न विकल्पहरू रोज्न सक्नेछन्।

कम्पनीले यस लन्चसँगै नेपालमा एमजी ब्रान्डको नयाँ अध्याय सुरु भएको जनाएको छ। नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनलाई एकसाथ अघि बढाउँदै एमजीले नेपालको मोबिलिटी भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।

सन् १९३० मा स्थापित प्रतिष्ठित गोल्छा अर्गनाइजेशनअन्तर्गत रहेको जी.ओ. अटोमोबाइल्स प्रा. लि. नेपालका अग्रणी अटोमोबाइल आयातकर्ता तथा वितरकमध्ये एक हो। औद्योगिक विकासमा लामो विरासत बोकेको गोल्छा अर्गनाइजेशनले विश्वसनीय अन्तर्राष्ट्रिय साझेदारी र ब्रान्ड नेतृत्वमार्फत नेपालको आधुनिक मोबिलिटी क्षेत्रलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।

जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले विश्वप्रसिद्ध ब्रान्डहरूको प्रतिनिधित्व गर्दै नेपाली बजारमा परम्परागत प्रदर्शन क्षमता र नयाँ पुस्ताका मोबिलिटी समाधान दुवै उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै आएको जनाएको छ।

देशव्यापी सशक्त सञ्जाल र नेपाली बजारप्रतिको गहिरो बुझाइका आधारमा कम्पनीले नवप्रवर्तनलाई अघि बढाउँदै नेपालभरका ग्राहकहरूको मोबिलिटी अनुभवलाई अझ सहज, भरपर्दो र गुणस्तरीय बनाउने काम गर्दै आएको बताइएको छ। एमजी काठमाडौंको शोरुम थापाथलीमा अवस्थित छ।

विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको ग्लोबल फच्र्युन ५०० कम्पनी एसएआईसी मोटर र भारतको अग्रणी व्यावसायिक समूह जेएसडब्लु ग्रुपले सन् २०२३ मा संयुक्त साझेदारीमार्फत जेएसडब्लु एमजी मोटर इन्डिया प्रालि स्थापना गरेका हुन्। जेएसडब्लु ग्रुप भारतमा बीटुबी र बीटुसी दुवै क्षेत्रमा बलियो उपस्थिति भएको प्रमुख समूह हो।

यस संयुक्त साझेदारीको उद्देश्य स्मार्ट र दिगो अटोमोटिभ इकोसिस्टम निर्माण गर्नुका साथै कार खरिदकर्ताहरूलाई उन्नत प्रविधि, भविष्यमुखी उत्पादन र आकर्षक मूल्य प्रस्तावसहित विभिन्न सवारी विकल्पहरू उपलब्ध गराउने लक्ष्य कम्पनीले लिएको छ। जेएसडब्लु एमजी मोटर इन्डिया प्रा. लि. विश्वस्तरीय प्रविधि भित्र्याउने, उत्पादन क्षेत्रलाई थप सुदृढ बनाउने, व्यवसाय सञ्चालनका हरेक पक्षमा नवप्रवर्तनलाई अघि बढाउने र व्यापक स्थानीयकरणमार्फत उल्लेखनीय रोजगारी सिर्जना गर्ने दिशामा प्रतिबद्ध रहेको जनाएको छ।

सन् १९२४ मा बेलायतमा स्थापना भएको मोरिस ग्यारेजस्, अर्थात् एमजी, आफ्ना स्पोट्र्स कार, रोडस्टर र क्याब्रियोलेट सिरिजका कारण विश्वभर परिचित ब्रान्ड हो। आकर्षक स्टाइलिङ, भव्यता र दमदार प्रदर्शनका कारण एमजी गाडीहरू बेलायती प्रधानमन्त्रीदेखि बेलायती शाही परिवारसम्मका व्यक्तिहरूमाझ लोकप्रिय थिए।

सन् १९३० मा बेलायतको एबिङ्डनमा स्थापना गरिएको एमजी कार क्लबमा हजारौं निष्ठावान्समर्थक आबद्ध छन्। यसले एमजीलाई विश्वकै ठूलो कार ब्रान्ड क्लबहरूमध्ये एक बनाएको बताइएको छ। पछिल्ला १०० वर्षमा एमजी आधुनिक, भविष्यमुखी र नवप्रवर्तनशील ब्रान्डका रूपमा विकसित भएको छ। भारतको गुजरातस्थित हलोलमा रहेको यसको अत्याधुनिक उत्पादन केन्द्रमा वार्षिक १ लाखभन्दा बढी सवारीसाधन उत्पादन क्षमता रहेको छ भने ६,००० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको बताइएको छ।

कनेक्टेड, अटोनोमस, शेयरड र इलेक्ट्रिक मोबिलिटीको अवधारणालाई अघि बढाउँदै एमजीले आज अटोमोबाइल क्षेत्रमा नयाँ अनुभवहरू थप्दै आएको जनाएको छ। कम्पनीले भारतमा धेरै पहिलो उपलब्धिहरू पनि प्रस्तुत गरिसकेको जनाएको छ ।

कम्पनीका अनुसार, भारतको पहिलो इन्टरनेट एसयूभी एमजी हेक्टर, पहिलो प्योर इलेक्ट्रिक इन्टरनेट एसयूभी एमजी जेडएस ईभी, पहिलो अटोनोमस लेभल–१ प्रिमियम एसयूभी एमजी ग्लोस्टर, व्यक्तिगत एआई सहायक र अटोनोमस लेभल–२ प्रविधियुक्त एमजी एस्टर, स्ट्रीट–स्मार्ट कार एमजी कमेट तथा भारतको पहिलो इन्टेलिजेन्ट सीयूभी एमजी विन्डसर समावेश छन्।

  • ev
  • इलेक्ट्रिक
  • एमजी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

ताजा

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.