काँग्रेससँग छलफल नगरी प्रस्ताव ल्याउनु भूल भयो : खतिवडा
काठमाडौं, ५ कार्तिक । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अख्तियार प्रमुख कार्कीको पछिल्ला कामकारवाही चित्त बुझ्दो नभएपनि काँग्रेससँग नसोधी कार्कीविरद्ध माओवादी केन्द्र र एमालेले एक्कासी ल्याएको प्रस्तावमा आफूहरु हचुवाको भरमा प्रस्तावको पक्षमा नलाग्ने स्पष्ट पारे ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अघि थपे,‘यो बारेमा हामी केन्द्रिय समितिको बैठकबाट निर्णय गछौं, अहिले नै हामी यसको पक्षमा वा विपक्षमा उभिँदैनौं ।’ उनले सत्तारुढ दलसँगै नसोधी माओवादी केन्द्रले प्रस्ताव ल्याएकोमा भने आक्रोश पोख्दै भने,‘प्रचण्ड किन यसरी लचक भएका हुन ?’
उनले सत्तारुढ दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग मिलेर प्रस्ताव ल्याएसँग काँग्रेस र माओवादी केन्द्रवीच चिसोपना बढेको गुनासो पोखे । खतिवडाले अघि थपे,‘प्रचण्डले बच्चपना देखाए, काँग्रेस अपरिपक्व राजनीति हुन दिँदैन् ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

