डलरको भाउ निरन्तर बढिरहँदा आज बिहिबार भने नयाँ उचाइमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । जुन हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ६५ पैसा तिर्नपर्ने हुन्छ ।
बुधबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा थियो । पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढेसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । यसैबीच भारतीय रुपैयाँ पनि कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई फाइदा रहने देखिन्छ । तर यसले आयात भने महँगो हुने र राज्यको विदेशी ऋणभारमा पनि वृद्धि हुने देखिन्छ ।