तरबुजा Cucurbitaceae परिवारको सदस्य हो, जसको वैज्ञानीक नाम ऋष्तचगििगक बिलबतगक रहेको छ । यसवर्ग अन्तर्गत काक्रा ,फर्सी ,इस्कुस लगायत अन्य बिरुवाहरु पर्ने गर्छन् ।तरबुजा अफ्रिकाको रैथाने बाली हो । तर्भुजा भारतमा सातौ सताब्दिमा उत्पादन गरिएको थियो भने चीनमा १०औ सताब्दिमा सुरु भएको थियो । १७औ सताब्दी सम्म भने यो यूरोपमा व्यापकरुपमा उत्पादन हुन सुरु भयो र न्यानो तापक्रम भएको ठाउमा यो बालि वर्षेनी लगाउन थालिए ।
सिराहा, सर्लाही, झापा, कपिलवस्तु नेपालको प्रमुख तर्बुजा उत्पादन हुने जिल्लाहरु हुन । नेपालमा मौसमी तर्बुजा खेती गर्दा यस्को सरदर उत्पादकत्व २१.७० मे. टन प्रती हेक्टर रह्को छ । तरबुजाका भाले र पोथी फुलहरु एउटै बोटमा तर फरक ठाँउमा हुन्छन् ।यो फल क्यारोटिनॉयड र भिटामिन । ए जस्ता तत्वहरुको महत्त्वपुर्ण माध्यम हो । यसमा फाइबर पनि पाइन्छ जसले पाचनशक्तिको विकास गर्न मद्धत पुर्याउछ । तरबुजाको सेवन गर्नाले मोटोपन, मुटुरोग र अन्य थुप्रै मृत्युजन्य रोगहरुका लागि लाभदायक मानिन्छ । सरस्वती, लक्ष्मी, किरण, सुगर कुईन लगाएतका प्रजातिहरु नेपालमा लोकप्रिय छन ।
उन्नत खेती प्रविधि:
ब्याडको तयारी:
बिरुवा पिट्मोस अथवा पोली ब्यागमा जमाइन्छ । पिट्मोस तरबुजाका बिजहरुको अंकुरणका लागि राम्रो माध्यम हो । यसले बिरुवालाइ चाहिने पोषक तत्वहरु ३५ दिन सम्मको लागि प्रदान गर्न सक्छ । सामान्यतया एक कठ्ठामा बिरुवा उब्जाउन १.५ के.जि. पिट्मोस चाहिन्छ । यसलाइ बिरुवा उब्जाउने ट्रेमा राखेर प्रयोग गर्न सकिन्छ । बेर्ना २०-२५ दिनमा सार्नको लागि तयार हुन्छ ।
बीउ दर:
तर्बुजा खेती गर्न एक हेक्टरको लागि ३०० देखि ३५० ग्राम बिउको आवश्यकता पर्दछ ।
बिरुवा अवस्थामा गर्नुपर्ने हेरचाह:
बीउलाइ एक रात भरि पानीमा भिजाउने र छायाँमा सुकाउनाले बिरुवा छिटो उम्रने सम्भावना बढाउँछ । त्यसैगरि बिज अंकुरण हुनका लागि ५-६ दिन चाहिन्छ । उचित सुर्य किरण र सिंचाइको तालमेल मिलाई काम गर्नुपर्छ । सुर्य किरणको कमी र पानी धेरै भएको अवस्थामा बिरुवा कमजोर हुन्छ ।
माटो:
तर्बुजाको लागि प्राङ्गारिक वस्तुमा प्रसस्त भयेको बलौटे दोमट माटो सबै भन्दा राम्रो मानिन्छ। यस सँगसँगै बेर्ना सारिएको जमिनमा जल निकासको उचित ब्यबस्था हुनु पनि जरुरी हुन्छ । यसका लागि माटो को पी।एचको मान ५.५ देखि ६.६ सम्म उचित रहन्छ ।
तापक्रम:
यो बिरुवा १८ देखि ३५°C भित्रको तापक्रमना राम्रो उतपादन गर्न सकिन्छ । ३५°C भन्दा माथि र १६°C भन्दा तलको तापक्रमले भने यसको फल विकासमा असर पार्न सक्छ । सापेक्षित आद्रता भने ६०-८०% चाहिन्छ ।
मल्चिङ:
एउटा सिङ्गो प्लास्टिकको रोल करिब २.५ कठ्ठा जमिन कभर गर्न सक्छ जसको मुल्य लगभग ४२०० रुपैयाँ लाग्न जान्छ । तर्बुजा लगाएको ठाउमा प्लास्टिकको मल्च प्रयोग गर्नु फाइदाजनक हुन्छ । प्लास्टिक मल्चले सिंचाई र किण्वन (फर्टिगेसन) कोञ पनि औचित्य बढाउँछ । यस्तो गर्नाले सुर्यकिरणको अभावले जमिनमा उम्रने झारहरुलाई रोक्न सकिन्छ ।
रोप्ने समय:
तर्बुजा गर्मीयामको लोकप्रिय फल हो । त्यसकारण यसलाई विशेषत फागुन-चैत महिनाको अवधि भित्र लगाइन्छ । एउटा ड्याङ्ग देखी अर्को ड्याङ्ग सम्मको दुरी ४ फिट र एउटा बोटदेखी अर्को बोट सम्मको दुरी २ फिट हुन्छ ।
काँटछाँट:
तर्बुजा धेरै हाँगाहरु फैलिने फल हो । यसको बोटमा विभिन्न किसिमका हाँगाहरु हुन्छन् जुन ४ मिटर उचाईसम्म पनि पुग्न सक्छ । तसर्थ, बिरुवामा लाग्ने पौष्टिक तथा प्राविधिक जुनसुकै किसिमको खर्च बचाउन, तर्बुजामा काँटछाँट एउटा आवश्यक क्रियाकलाप मानिन्छ । काँटछाँट गर्नाले अन्य हाँगाहरुमा लाग्ने अनावश्यक खर्च जोगाउन सकिन्छ भने चाँहिने हाँगाहरुले पनि सहि मात्रामा सबै कुरा पाउने सम्भावना बढ्न जान्छ । यो प्रक्रियाले निम्नलिखित दुईवटा कुराहरुमा मद्दत पुर्याउँछ ।
फलको विकास गर्न:
बिरुवालाई आवश्यक मात्रामा हावा प्रदान गर्न
यो गतिविधि हामीले बिरुवा सारेको (लगाएको) २५ दिनमा गर्नुपर्छ । अधिकतम् मुख्य हाँगा र पाश्वि हाँगाहरुबाट १ मिटर सम्मको फलहरु फाल्नुपर्छ। त्यसकारण, एउटा बोटमा हामीले ३,४ वटा तर्बुजा मात्र बढ्न दिने गर्छौं ।
मलखाद व्यवस्थापन/कठ्ठा:
गोबर मल स् १ कठ्ठामा १/२ टेलर, सुली २०० केजी, डिएपी: १० केजी ,पोटास: ५ केजी, चिलेटेड बोरोन: २५० ग्राम, क्याल्सियम मास्टर: ४ केजी ,कर्मा बायो: ३ केजी ,पि एन आर:७ केजी, फिब्रोनिल: २५० ग्राम जमिन तयारी गर्ने बेलामा हाल्नु पर्छ ।
बिरुवा रोपेको दिन एनपिके १९:१९:१९ (४ ग्राम रलिटर) र ह्युमिक एसिड (१:५ मिलिलिटर) दिनुपर्ने हुन्छ । दशौं दिन मा पुन एकपटक एनपिके (१९:१९:१९) र ह्युमिक एसिड दिनाले बिरुवा को राम्रो वृद्धि हुन्छ । पन्ध्रौ दिन देखी १२:६१:०(५ ग्रामरलिटर) दिन सुरु गर्नुपर्छ । बिसौँ दिनमा माइक्रो न्युटिर्यन्ट छर्नुपर्छ । पच्चिसौँ दिनमा पुन एकपटक १२:६१:० को अनुपातमा दिनु पर्छ । तिसौँ दिनमा बिरुवालाई बोरोन र क्याल्सियम छर्नुपर्छ । पैतिसौँ दिनमा युरिया (२-३ केजी) र पोटास (५ केजी/कठ्ठा ) टप ड्रेस गर्नाले फलको आकार मा वृद्धि गराउँछ । चालिसौँ दिन मा क्याल्सियम नाइट्रेट (१०० ग्रामर १६ लिटर)को प्रयोग गर्नुपर्छ ।
कटाई (Harvesting)
बिरुवा रोपेको आठौं र नवौं हप्तामा तरबूज फलको फसल कटाई सुरु गरिन्छ । एउटा पाकेको तरबूजको मुनि सेतो वा पहेलो रंग हुन्छ र रिन्ड चम्किलो देखि सुस्त हुन्छ । डाँठले तरबुजालाई भेटेको ठाउमा खैरो रंगको टेन्ड्रिल देखिनु पनि फल पाकेको सङ्केत हो ।
रोग:
फ्युजारियम विल्ट , ब्याक्टेरिल फ्रुट ब्लच ,कोत्रे रोग, सितेधुले ढुसि तर्बुजामा देखिने रोगहरु हुन । साफ ढुसिनासक (३ मिलिलिटर रलिटर) दिनाले बिरुवा अवस्थामा देखिने राइजोकटोनिया रुट रट को नियन्त्रण गर्न सकिन्छ । इसट्रेपटोसाइक्लिन (२ ग्रामरलिटर) र बाभिस्टिन (२ ग्रामरलिटर)ले ब्याक्टेरियाले गर्ने हानीबाट बिरुवालाई जोगाउँछ ।
किराहरु:
थ्रीप्स र माइट्स तर्बुजामा लाग्ने प्रमुख किराहरु हुन भने फलमा लाग्ने झिंगा (fruit fly) र रेड पम्प्किन बिटलले पनि केही मात्रामा क्षति पुर्याको देखिन्छ । थ्रीप्सको नियन्त्रण को लागी जम्प (२ ग्राम/१६ लिटर) किङ गार्ड(१० ग्राम/ १६ लिटर) र माइट्स को लागी (सल्फर भएको ढुसिनासक) प्रयोग गर्नुपर्छ । Pheremone Trap फेरोमेन ट्र्याप बारीमा राख्दा फलमा लाग्ने झिँगा(Fruit fly) को राम्रो नियन्त्रण हुन्छ ।
छिटो समयमा उत्पादन हुने र राम्रो आम्दानी दिने भएका कारण पछिल्लो समयमा तरबुजा खेती फस्टाएको देखिन्छ । उचित मल जलको ब्यवस्थापन र समयमै किरा र रोगको नियन्त्रण गर्ने हो भने खेती निकै लाभदायक रहनेछ ।
-निकेश तिमल्सेना/रशिश बराल