दीपेन्द्रको टी-२० वरियतामा सुधार, नेपाली खेलाडी को कति औं स्थानमा ?
काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरीयता सुधार गरेका छन् । आईसीसीले ३० जुलाइमा अद्यावधिक गरेको विवरण अनुसार ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता एक स्थान सुधार गरेका हुन् ।
यसअघि आठौं स्थानमा रहेका ऐरी अब सातौं स्थानमा चढेका हुन् । अलराउन्डरतर्फ अष्ट्रेलियाका मार्कस स्टोयनिस पहिलो स्थानमा हुँदा जिम्बावेका सिकन्दर राजा दोस्रो र बंगलादेशका सकीब अल हसन तेस्रो स्थानमा रहेका छ ।
श्रीलंकाका वानिन्दु हसरंगा चौथो र अफगानिस्तानका मोहम्मद नाबी छैटौं स्थानमा छन् । टी-२० को ब्याटरको वरीयतामा पनि ऐरीले ५०२ अंकसहित एक स्थान सुधार गर्दै ४४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ नै कप्तान रोहित पौडेल ६० औं, आशिफ शेख ७१ औं स्थानमा छन् ।
ब्याटिङतर्फ पहिलो स्थानमा अष्ट्रेलियाका ट्राभिस हेड रहेका छन् । बलिङतर्फ सोमपाल कामी एक स्थान सुधार गर्दै ९३ औं स्थानमा आउँदा दीपेन्द्रसिंह ऐरी २ स्थान सुधार गर्दै ९७औं स्थानमा रहेका छन् ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
