नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।
नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।
आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से परिसूचक २६ सय ७९ अंकमा पुगेर रोकिएको छ ।