नेदरल्याण्ड्सले मलेसियालाई हरायो, म्याक्स एक्लैले बनाए १३३ रन
नेपालमा जारी त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रन जोड्यो। मलेसियाका विरनदिप सिंहले ८७ रन बनाए। उनले ५६ बलमा ६ छक्का र ६ चौका हिर्काए। ७९ रन जोड्दा पाँच विकेट गुमाएको अवस्थामा विरनदिपले टोलीको आशा जगाएका थिए। त्यसअघि नेदरल्याण्ड्सको पालीमा प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित एक सय ३३ रन बनाए। उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरेका थिए। यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स एक सय ३६ रनमा सिमित भएको थियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा नेपालले मलेसियाको सामना गर्ने छ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
