काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अनलाइन आवेदन प्रणालीमार्फत योग्य उम्मेदवारहरूलाई दरखास्त दिन आग्रह गरेको हो ।
उम्मेदवारहरूले आवश्यक न्यूनतम शैक्षिक योग्यता पूरा गरी आवेदन दिनुपर्नेछ । दरखास्त दिने अन्तिम मिति तथा परीक्षा शुल्क विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।
इच्छुक उम्मेदवारहरूले नेपाल बैंक लिमिटेडको आधिकारिक वेबसाइट https://nepalbank.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि बैंकको मानव संसाधन विभाग वा प्रकाशित सूचनालाई हेर्न सकिनेछ ।