• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा

काठमाडौँ । भारतमा भर्खरै कोलकातामा एक महिला डाक्टरको बलात्कार र हत्याको घटना बाहिर आएको थियो जसले विश्वभर नै स्तब्ध बनाएको थियो । त्यस्तै महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय अझ चर्चामा रहेको छ ।

यसै प्रसंगमा एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, जसअनुसार भारतका १५१ वर्तमान विधायक र सांसदविरुद्ध महिला उत्पीडनको मुद्दा दर्ता भएको छ ।

यो ३०० पृष्ठको प्रतिवेदनमा कति सांसद र विधायकमाथि महिलाविरुद्धको अपराध र बलात्कारको आरोप छ भन्ने विस्तृत जानकारी समावेश गरिएको छ । साथै कति विधायक र सांसद कुन दलका छन् भन्ने पनि जानकारी दिइएको छ ।

यस प्रतिवेदनका लागि एडीआर र नेसनल इलेक्शन वाचले देशका ४ हजार ८०९ वर्तमान सांसद र विधायकमध्ये ४ हजार ६९३ जनाको निर्वाचन आयोगमा पेश गरेका शपथपत्रको संयुक्त अध्ययन गरेको छ ।

यी शपथपत्रहरू मार्फत विधायक र सांसदहरूले आफूमाथि दर्ता भएका अपराधहरूको जानकारी दिएका छन् । यसमा ७७६ वर्तमान सांसदहरू मध्ये ७५५ र ४०३३ विधायक मध्ये ३९३८ को शपथ पत्र समावेश छ । एडीआर र इलेक्शन वाचले सन् २०१९ देखि २०२४ सम्म भएका उपचुनावलगायत सबै निर्वाचनका क्रममा दायर गरेको शपथपत्रबाट यो जानकारी संकलन गरेको हो ।

७५५ सांसद र ३९३८ विधायक मध्ये १५१ विधायक र सांसदहरूले आफ्नो शपथ पत्रमा महिला उत्पीडन सम्बन्धी अपराधहरूको जानकारी दिएका छन् । जसमा १६ वर्तमान सांसद र १३५ वर्तमान विधायक समावेश छन्।

शपथपत्रमा उल्लेख गरिएका अपराधहरूमा बलात्कार, महिलामाथि दुर्व्यवहार, दुव्र्यवहार, नाबालिग बालिकालाई वेश्यावृत्तिको लागि बेचबिखन, घरेलु हिंसालगायतका अपराधहरू पर्छन्। महिला हिंसा सम्बन्धी मुद्दा विचाराधीन रहेका १५१ जनप्रतिनिधिमध्ये कुन दलका कति जनप्रतिनिधि छन् भन्ने जानकारी पनि एडीआर र इलेक्शन वाचको प्रतिवेदनमा दिइएको छ ।

जसमा सत्तारुढ दल भारतीय जनता पार्टीका सबैभन्दा बढी ५४ जना जनप्रतिनिधि छन् । त्यस्तै नेशनल कांग्रेसका २३ जना, तेलुगु देशम पार्टीका १७ जना, आम आदमी पार्टीका १३ जना, अखिल भारतीय तृणमूल कांग्रेसका १० जना र राष्ट्रिय जनता दलका पाँच विधायक रहेका छन् ।

प्रतिवेदनमा बीजेपीका धेरैजसो जनप्रतिनिधिहरू (४४ विधायक र १० सांसद) माथि महिलाविरुद्धको अपराधको आरोप लागेको छ ।

त्यसैगरी महिलाविरुद्धको अपराधको आरोप लागेका सबै भन्दा बढी सांसद पश्चिम बङ्गालका रहेका छन् भने त्यसपछि आन्ध्र प्रदेशका जनप्रतिनिधिलाई महिलाविरुद्धको अपराधको आरोप लागेको छ ।

यो संख्या पश्चिम बंगालमा २५ (२१ विधायक, ४ सांसद), आन्ध्र प्रदेशमा २१ (२१ विधायक), ओडिशामा १७ (१६ विधायक, १ सांसद), दिल्ली १३ विधायक र महाराष्ट्रका १२ र एक सांसद छन् ।

यसबाहेक बिहारमा ९, कर्नाटकमा ७, राजस्थानमा ६, मध्य प्रदेश, केरला र तेलंगानामा ५-५, गुजरात, तमिलनाडु र उत्तर प्रदेशमा ४-४, झारखण्ड र पञ्जाबमा ३-२, असम र गोवामा र हिमाचल प्रदेश, मणिपुर, दादरा नगर हवेली र दमन दीवमा एक-एक जनप्रतिनिधि विरुद्ध महिला उत्पीडनका मुद्दाहरू छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन
    जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

    बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
    • अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
    • बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते
    • चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    • महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.